Sorry, your browser does not support JavaScript! संविधान संशोधन प्रक्रिया अघि बढाउन राजपा नेपालको माग - Merodesh.news

संविधान संशोधन प्रक्रिया अघि बढाउन राजपा नेपालको माग

बिराटनगर।  संबिधान संशोधनको प्रक्रिया अगाडि नबढाए सरकारलाई दिएको समर्थन फिर्तालिने राष्ट्रिय जनता पार्टी नेपालले चेतावनी दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा यस्तो चेतावनी दिइएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशभरिका सम्पुर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने कार्यक्रम अनुसार मोरङबाट पठाइएको ज्ञापनपत्रमा तत्काल संबिधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

निर्धारित कार्यक्रम अनुसार राष्ट्रिय जनता पार्टी नेपालका मोरङ जिल्ला अध्यक्ष मण्डलका संयोजक मोहम्मद कादिरले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र हस्तान्तरण गरे । प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा संबिधान संशोधनको प्रक्रिया अघि बढाउने र मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित मुद्धाहरुको समाधानगर्ने प्रतिबद्ध जनाइएपछि पार्टीले सरकारलाई समर्थन गरेको तर प्रतिबद्धता अनुसार सरकारले कुनै प्रकारको पहलकदमी नगरेको उल्लेख छ । देशमा बलात्कार र हत्याहिंसा बढेको तथा कालोबाजारी नियन्त्रणगर्न सरकार असफल भएको ज्ञापनपत्रमा दाबी गरिएको छ ।

राजपाले उठाउदै आएका माग र मुद्धाहरुलाई सम्बोधन नगरिए देश फेरी संघर्ष र आन्दोलनमा धकेलिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

राजपा नेपालको माग

राजपा नेपालको माग

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]