Sorry, your browser does not support JavaScript! प्रधानमन्त्रीद्वारा प्रज्ञाको कुलपतिमा उप्रती र सदस्यमा उपाध्याय नियुक्त - Merodesh.news

प्रधानमन्त्रीद्वारा प्रज्ञाको कुलपतिमा उप्रती र सदस्यमा उपाध्याय नियुक्त

काठमाडौं, २१ असोज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्त गरेका छन् ।

 प्रज्ञा

प्रधानमन्त्री ओलीले डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चार बर्षकालागि प्रतिष्ठानको कुलपति नियुक्त गरेका हुन् । यसैगरी सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उप्रेती यस अघि पनि सोही पदमा कार्यरत थिए ।
प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई आजै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सदस्य उपाध्यायलाई कुलपतिउप्रेतीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिकहिसाबले उजिल्याउने कामगर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताएका छन् । “साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो” प्रधानमन्त्री ओलीले भनेका छन् ।

 प्रज्ञा

प्रधानमन्त्री ओलील नेपालको सामाजिक मूल्यमान्यता विश्वमा नै अनुपम रहेको बताएका छन् । नेपालमा जस्तो सामुहिक परिवार विश्वमा कतै पनि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने “यो प्रणालीबाट धेरैे संस्कार सिक्न सकिन्छ । ” प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुत बनाउने काम गरेको बताए ।

सामाजिक रुपमा, पारिवारिक रुपमाकहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुन स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ छ । “दिदीभाइबीच झगडा भए तिजले मिलाइदिन्छ । दाजुभाइबीच झगडा भए दशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ” प्रधानमन्त्रीओलीले भने “हाम्रा सामाजिकपर्वहरुले सम्बन्धलाई पुनमरमतगर्ने काम गरेका छन् ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]