Sorry, your browser does not support JavaScript! मिटर रिडरको धर्ना जारी - Merodesh.news

मिटर रिडरको धर्ना जारी

विराटनगर, २१ असोज। पारिश्रमिकमा एकरुपता कायमगर्न मागगर्दै गोटागन्तीमा मिटर रिडिङ गर्दै आएका बिद्युत मिटर रिडरहरुले क्षेत्रीय कार्यालय विराटनगरमा दिदै आएका धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन ।

मिटर रिडरको धर्ना जारी

उनिहरु मिटर रिडिङ कार्य ठप्पगरि असोज १६ गतेदेखि नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय विराटनगर क्षेत्रीय कार्यालयमा धर्ना दिंदै आएका छन । धर्नामा झापा,मोरंग सुनसरी र इलामका गोटागन्तीमा मिटर रिडिङ गर्दै आएका कर्मचारी सहभागि छन । एउटै कार्यालयको मातहत रहि एकै प्रकृतिको कार्यगर्ने केहिलाई ज्यालादारीरुपमा पारिश्रमिक दिने गरिएपनि आफुहरुलाई गोटागन्ती अनुसार पारिश्रमिक दिएर विभेद गरिएको उनिहरुको भनाई छ ।

समान ज्यालाको माग गर्दै लामो समयदेखि विभिन्न प्रकारका संघर्षका कार्यक्रम गर्दै आएको र पछिल्लो समय भएको ५ बुंदे सहमतिलाई समेत प्राधिकरणले कार्यान्वयन गर्न आनाकानी गरिरहेकाले मिटर रिडिङ कार्य ठप्प गरेर धर्नामा उत्रिनुपरेको मिटर रिडर संघर्ष समितिका अध्यक्ष भिम रिजालले जानकारी दिए । उनले माग सम्बोधन नभएसम्म धर्ना कार्यक्रम जारी रहने बताए । समितिका महासचिव पदमबहादुर घिमिरेले क्षेत्रीय कार्यालय अन्र्तगत रहेका धरान, धनकुटा, खाँदबारी, भोजपुर, तेह्रथुम, पाँचथर र ताप्लेजुङ वितरण केन्द्र मातहतका मिटर रिडरहरुलाई दिए अनुसारकै सुविधा आफुहरुले पाउनुपर्ने माग गरे ।

मिटर रिडरको धर्ना जारी

उनले भद्रपुर, अनारमनी, दमक, उर्लाबारी, बेलबारी, रंगेली, इटहरी, इनरुवा, दुहबी, इलाम र विराटनगरका मिटर रिडरहरुलाई गोटागन्ती अनुसार पारिश्रमिक दिने गरिएको जानकारी दिंदै सबैलाई एकरुपता गर्नुपर्ने माग गरे । गोटा गन्तीमा काम गर्न बाध्य १८० जना मिटर रिडरहरु दैनिक कार्यालय समयमा धर्नामा बस्दै आएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]