Sorry, your browser does not support JavaScript! इन्स्योरेन्सका अभिकर्ता सम्मानित - Merodesh.news

इन्स्योरेन्सका अभिकर्ता सम्मानित

विराटनगर, २१ असोज।  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले विभिन्न १० जनालाई सम्मान गरेको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच सो इन्स्योरेन्सले ५ जना अभिकर्ता र ५ जना एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ ।
अभिकर्ता सम्मानित
नेपाल लाईफ इन्स्योरेन्सका उपप्रमुख, कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले उनिहरुलाई कदर पत्र र दोसल्लाले सम्मान गरे । उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई कार्यक्रममा सम्मान गरिएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाका प्रमुख हिरामणि भट्टराईले जानकारी दिए । उनले विराटनगर शाखामा ६ हजार अभिकर्ता रहेकोमा २ हजार सक्रियरुपमा कार्यसम्पादन गरिरहेको जानकारी दिए ।
अभिकर्ता सम्मानित
विराटनगर शाखा अन्र्तगत नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५५ हजार ब्यक्ति बिमित रहेको जनाइएको छ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]