Sorry, your browser does not support JavaScript! मिटर रिडरहरु आन्दोलित - Merodesh.news

मिटर रिडरहरु आन्दोलित

विराटनगर, १९ असोज।  बिजुली मिटर रिडिङ गरेवापत गोटा गन्ती अनुसार ज्याला पाउदै आएका प्रदेश एकका मिटर रिडरहरुले रिडिङ कार्य अवरुद्ध गरेका छन ।

मिटर रिडरहरु आन्दोलित

अन्य मिटर रिडरहरुको तुलनामा आफुहरुसंग सेवासुविधामा विभेद गरिएको भन्दै उनिहरुले मिटर रिडिङ अबरुद्ध गरेका हुन । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आज पत्रकार सम्मेलनको आयोजनागर्दै मिटर रिडर संघर्ष समितिमा आबद्ध उनिहरुले सो बिषयमा जानकारी गराएका हुन । संघर्ष समितिका अध्यक्ष भिम रिजालले आफुहरुमध्ये कतिपयले २०६८ सालदेखि विद्युत प्राधिकरणमा मिटर रिडिङ कार्यगर्दै आएपनि प्राधिकरणले सेवासुविधामा विभेदगर्दै आएको जानकारी दिए ।

उनले सोर्सफोर्स भएकाहरुलाई ज्यालादारीमा राखिएपनि पहुंच नभएकाहरुलाई गोटागन्तीमा राखिएको बताए । ज्यालादारीमा मिटर रिडङ गर्नेहरुले मासिक १५ हजार ५ सय कमाउनेगरेपनि गोटागन्तीमा कामगर्नेहरुले मासिक ५ हजारपनि कमाउन नसकेको उनको भनाई थियो । लामो समयदेखि सो बिषलाई उठाउदै आएपनि कतैबाट सुनवाई नभएपछि मिटर रिडिङ अवरुद्धगरि आन्दोलनमा उत्रिनु परेको रिजालको भनाई थियो । वर्तमान श्रम ऐन अनुसारको सेवासुविधा दिलाउन पहल गरिदिन उहांले सरोकारवासंग आग्रह समेत गरे ।

समितिका महासचिव पदमबहादुर घिमिरेले प्रदेश एक अन्र्तगत झापा,मोरङ,सुनसरी र इलाममा १ सय ८० जना मिटर रिडरहरु गोटा गन्तीमा काम गरिरहेको जानकारी दिए । प्रदेश दुइ अन्र्तगत सप्तरी, सिराहा, सर्लाही र धनुषामा १ सय ५७ जना मिटर रिडरहरु गोटागन्तीमा काम गरिरहेको उहांको भनाइ थियो ।

प्राधिकरणसंग गएको भदौ १७ गते भएको पांचबुंदे सम्झौता समेत कार्यान्वय नगरिएको भन्दै पत्रकार सम्मेलनका सहभागि मिटर रिडरहरुले असन्तुष्टि पोखेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]