Sorry, your browser does not support JavaScript! सचेतनामुलक सडक नाटक समापन - Merodesh.news

सचेतनामुलक सडक नाटक समापन

विराटनगर, १९ असोज । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा विराटनगरमा आयोजना गरिएको सडक नाटक आजबाट समापन भएको छ ।

सडक नाटक समापन

नगरक्षेत्रको मुख्य बजार गुद्रीको बी प्लटमा सचेतनामुलक ‘कचहरी’ नाटक प्रस्तुतगर्दै १४ दिने सडक नाटक प्रर्दशन समापन भएको हो । आज समापनको दिन विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्की सहित विराटनगर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु समेत सहभागि भइन् । आरोहण गुरुकुल विराटनगरका कलाकारहरुको सहभागितामा असोज ६ गतेबाट शुरु भएको सडक नाटक प्रर्दशनको क्रममा नगरक्षेत्रका १९ वटै वडामा विभिन्न सचेतना मुलक नाटकहरु प्रर्दशन गरिएको थियो ।

सडक नाटक समापन

सो क्रममा महिला हिंसा,ट्राफिक सचेतना र फोहोर ब्यवस्थापन सम्बन्धि सचेतनामुलक नाटक प्रर्दशन गरिएको लेखक÷निर्देशक एवम अभिनेता अशोक गौतमले जानकारी दिए । विभिन्न ३ विधामा प्रर्दशन गरिएको नाटकहरुमा महिला हिंसा सम्बन्धि नाटकको लेखन÷निर्देशन अशोक गौतम र भरत कार्कीले गरेका थिए । यस्तै फोहोर ब्यवस्थापन सम्बन्धि नाटकको दिपा पोखरेल र मनिसा बराल तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि नाटकको बिकास पराजुली र राजेश ठाकुरले लेखन/निर्देशन गरेका थिए ।

सडक नाटक समापन

सडक नाटक समापन

नाटकहरुमा भरत कार्की,विकास पराजुली,अशोक गौतम,मानाहाङ लावती,सुनिल मण्डल,राजेश ठाकुर र दिपा पोखरेल लगायत ११ जना कलाकारले अभियन गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]