Sorry, your browser does not support JavaScript! दशैमा कालोजारी : विराटनगरमा ४७५ को जुताको बिक्री मूल्य ३९०० - Merodesh.news

दशैमा कालोजारी : विराटनगरमा ४७५ को जुताको बिक्री मूल्य ३९००

विराटनगर, १९ असोज।  विराटनगरमा खुलेका साकेत ट्रेडर्स र ग्यालेक्सी मार्टले दशैको मुखमा कालोबजारी गरको पाइएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा दुई पसलले खरिदमुल्यको ६ गुणाबढी बिक्री मुल्य राखी कालोबजारी गरेको पाइएको हो ।

अनुगमना क्रममा विराटनगर मेनरोडमा रहेको ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३९ सय रुपैयामा बिक्री गर्ने गरेको भेटिएको बाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए । उनका अनुसार साकेत ट्रेडर्सले पनि ४ सय ८२ मा खरिद गरेको स्पोर्ट जुत्ताको मुल्य १५८५ रुपैयामा बिक्री गर्ने गरेको पाइएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा रेडिमेट कपडा पसलले ५ गुना सम्म मुल्यवृद्धि गरी कालोबजारी गरेको पाइएको हो । दुबै पसलले दशैको मुखमा कालोबजारी गरेको भेटिएपनि प्रशासनले सात दिन भित्र उपस्थीत हुन भन्दै पत्र थमाएको छ । ग्यालेक्सी मार्टले ४५५ मा खरिद गरेको जिन्स पेन्टको बिक्री मुल्य १३७५ राखेको पाइएको थियो भने साकेतमा पनि ४०० पर्ने पेन्टको बिक्री १३०० रुपैया राखेको पाइएको थियो ।

‘अनुगनका क्रममा ६ गुना सम्म मुल्यबढी राखेर कालोबजारी गरेको पाइयो ।’ बाणिज्य कार्यालयका निमित्त प्रमुख दाहाल भन्छन ‘सात दिन भित्र दुबै पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थीत हुन निर्देशन दिइएको छ ।’

दशैको मुखमा ६ गुणाबढी मुल्य राखेर कालोबजार गरेको भेटिएपछि प्रशासनले कागजपत्र सहित उपस्थीत हुन निर्देशन दिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ्

बिहिवार ६ गुणाबढी मुल्य लिएको भेटिएपनि अनुगमन गर्न निस्कीएको प्रशासन टोली कारवाही प्रकृया अघि बढाउन निरिह देखियो । खरिद मूल्यको बढीमा २० प्रतिशत सम्म मुनाफा खान कानुनले बैधानिकता दिएको छ । तर बिहिवार आखै अगाडी ६ गुणा बढी मुनाफा लिएको भेटिएपनि प्रशासनले निरिह हुदै सातदिने पत्र थमाएर फर्कीयो ।

अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको टोलीले कालोबजारी नियन्त्रण गर्न भन्दापनि तर्साउन खोजे जस्तो गरिएको देखिन्थ्यो । सहायक प्रजिअ पाण्डे व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको बताउछन् । ‘तत्कालै कालोबजारी नियन्त्रण गर्ने, निमिटान्य पार्ने भन्दा हामी फेल हुन सक्छौ ।’ उनले भने ‘ व्यापारीलाई सच्चिनु पर्छ भन्ने म्यासेज दिन खोजेको हौं ।’

खरिद मुल्यको ६ गुना बढि मुल्य लिनु कालोबजारी भएको बताउदै उनले दशैको मुखमा उपभोक्ता नठगिउन भन्ने उदेश्यले अनुगमन गरिएको बताए ।

कालोबजारी गर्ने साकेत र ग्यालेक्सीलाई कारवाही गर्ने बिषयमा कागजपत्र हेरेपछि मात्र भन्न सकिने उनले बताए । ‘जिल्ला प्रशासनमा सात दिन भित्र बोलाएका छौ ।’ उनले भने ‘ मुद्दा लाग्ने अवस्था खुल्छ खुल्दैन अनुसन्धानको फेजमा छौ ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]