Sorry, your browser does not support JavaScript! बडिबिल्डीङ्ग प्रदर्शनीको तयारी पुरा - Merodesh.news

बडिबिल्डीङ्ग प्रदर्शनीको तयारी पुरा

विराटनगर, १७ असोज।   विराटनगरको ‘बी’ प्लटमा आयोजना गरिने बडिबिल्डीङ्ग प्रर्दशनीको सम्पूर्ण तयरी पुरा भएको छ । मोरङ जिल्ला बडिबिल्डीङ्ग एण्ड फिट्नेस एसोशिएसन विराटनगरको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको हो ।

शुक्रबार दिउँसो २ बजे हुने उक्त प्रदर्शनीमा पुरुष, महिला बडिबिल्डीङ्ग, ताइक्वान्दो, कराँते, उसु खेलहरुको प्रर्दशनी हुने महासचिब नविन बिक्रम शाहले जानकारी दिए । प्रदर्शनीमा सुनसरी, मोरङ, झापाका खेलाडीहरुले प्रर्दशन गर्ने भएका छन् । त्यस्तै लागुऔषध दुव्र्यसनीको सचेतना जगाउन ‘से नो टु ड्रग्स’ कार्यक्रमसमेत गर्ने अध्यक्ष अमलेश कर्णले बताए । ‘पछिल्लो समय यूवाहरु दुव्र्यसनीमा बढेको देखिएको छ,’ अध्यक्ष कर्णले भने, ‘दुव्र्यसनीलाई रोक्न हामीले सचेतामूलक अभियान गर्न लागेका हौं ।’

त्यसैगरि यही असोज २८ गते विराटनगर स्थित विरेन्द्र सभा गृह हलमा हुने ‘ प्रथम मिस्टर मोरङ बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी समेत भैरहेको कर्णले जानकारी दिए । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहि पनि सहभागिता जनाउन सक्नेछन् । शारीरिक सुगठन प्रतियोगितामा बिजयी हुने पहिलोदेखि पाँचौसम्मलाई पुरस्कृत गरिने भएको छ ।

पहिलोदेखि पाँचौंसम्मलाई क्रमशः नगद ५१, ३१, २१, १५ र १० हजारको पुरस्कार राशि प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागिता शुल्क नलाग्ने आयोजक समितिले जानकारी दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]