Sorry, your browser does not support JavaScript! अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना - Merodesh.news

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं १५ असोज।  प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दैै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा—आमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरेका छन् । ‘त्यस्तो समाज अघि बढ्न पनि सक्दैन्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हक, हित संरक्षण र सम्वर्धनका लागि सरकारको प्रतिवध्दता दोहो¥याउन चाहन्छु ।’

संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ असोज १५ गते सोमबार जेष्ठ नागरिक दिवस मनाइदैछ । यस अवसरमा नेपाल सरकार, महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दैछन् । नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिक स्तरमा भएको प्रगति, खाद्यान्नको पर्ययाप्तता लगायतका कारण व्यक्तिको औषत आयु बढीरहेको छ । ‘यसले गर्दा समाजमा आउँदा दिनमा ज्येष्ठ नागरिकहरुको जनसंख्यामा वृध्दिहुँदै जानेछ । तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवन शैली र रोजगारीका लागि युवाहरुको विदेशिने क्रमका कारण घर—घरमा ज्येष्ठ नागरिकहरु एक्लिएका छन्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरुले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’

ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक बर्षदेखि ज्येष्ठ नागरिक विमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दावी गर्ने तर बृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिवध्द बताएका छन् । ‘त्यसैले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानुनी व्यवस्था गरिने भएको छ । यस सम्बन्धी कानुनी प्रावधानको व्यवस्था गर्न ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रकृया अघि बढिसकेको छ,’ प्रधानमन्त्रीले भनेका छन् ‘ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै बृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवध्र्दन गरेर मात्र सम्भव छ ।’

प्रधानमन्त्रीले बृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ता बीचको अन्तरक्रिया बढ्ने उल्लेख गरेका छन् । ‘अग्रजका अनुभवबाट छोरा—नाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भूल्नु हुँदैन,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्रि ओलीले दिनु भएको शुभकामनाको पूर्णपाठ :

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]