Sorry, your browser does not support JavaScript! विराटनगरमा जितिया पर्वको रौनक - Merodesh.news

विराटनगरमा जितिया पर्वको रौनक

विराटनगर, १३ असोज । सन्तानको दीर्घायुको कामनासहित तराइमधेशमा मनाईने जितिया पर्वको पुर्व सन्ध्यामा अप्पन विराटगढ परोपकार समाजले विराटनगरमा जितिया पर्व समारोह आयोजना गरेको छ ।

जितिया

स्थानिय महेन्द्रमोरङ कलेजमा आयोजना गरिएको कार्यक्रममा संस्कृति प्रेमी,प्रतिष्ठित कलाकार, नाट्यकर्मी र राजनितिक दलका नेता तथा जनप्रतिनिधि सहभागि भएका छन । कार्यक्रममा बोल्नुहुंदै भानु कलाकेन्द्रकी अध्यक्ष माया पौडेलले केहि दसक अघिसम्म तराइमधेशका महिलाले मात्र मनाउने जितिया पर्व पछिल्लो समय अन्य समुदायमा समेत विस्तार हुंदै गएको बताए ।

जितिया

विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीले चाडपर्वले एक समुदायलाई अर्को समुदायसंग जोड्ने महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले जितियाको बिशिष्ट महत्व रहेको बताइन् । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष राजकुमार यादवले तराइमधेश संस्कृतिको उद्गम र समृद्ध थलो रहेको बताए । उनले देशभित्रका संस्कृतिहरुलाई संरक्षण गर्न बिशेष कार्यक्रम ल्याइनुपर्ने बताउनुभयो । सो अवसरमा मैथिली संस्कृतिसंग जोडिएको विभिन्न नृत्य प्रस्तुत गर्नुकासाथै चर्चित गायक कलाकारहरुले गायन प्रस्तुत गरेका थिए ।

जितिया

अप्पन विराटनगरले सातौं संस्करणकोरुपमा कार्यक्रम आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष बसुन्धरा झाले जानकारी दिइन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच
नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे ।[...]

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा
हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको[...]