Sorry, your browser does not support JavaScript! बिद्यार्थीले खेलकुद गर्ने मोरङ क्याम्पसको मैदान पशुहरुको चरणस्थल - Merodesh.news

बिद्यार्थीले खेलकुद गर्ने मोरङ क्याम्पसको मैदान पशुहरुको चरणस्थल

विराटनगर,  ११ असोज।  विराटनगरस्थित महेन्द्र मोरङ कलेज ब्यवस्थापकिय लापरवाहीका कारण अस्तब्यस्त भएको छ । सम्बन्धित प्रशासन जिम्मेबार नहुँदा सो कलेज विद्यार्थीलाई अध्यनअध्यापन गराउनेभन्दापनि पशुको चरिचरणमा परिणत भएको छ ।

पशुहरुको चरणस्थल

दशकौंदेखि उच्च शिक्षा अध्ययनको मुख्य थलोकोरुपमा चिनिएको विराटनगरको महेन्द्रमोरङ कलेजको विशाल प्राङ्गण र खुला मैदान विद्यार्थीको खेलकुद गतिविधि सञ्चालनभन्दापनि चरिचरणमा प्रयोग भइरहेको छ । पछिल्लो समय क्याम्पसको हाता गाइबस्तु, खसीबाख्रा मात्र नभई कुकुर र सुँगुरको चरिचरणस्थलमा परिणत भएको छ ।

पशुहरुको चरणस्थल

कलेज हाताभित्र जताततै गाईगोरु, खसीबोका, कुकुर र सुँगुरहरुको झुण्ड निर्वाध हिँडडुल र चर्दै गरेको देख्न सकिन्छ । कलेज हाता भित्रको खुला चौर मात्र नभई बिद्यार्थीले अध्ययन गर्ने कक्षाकोठा र बरण्डाहरुमा पशुहरुको निर्वाध पहुँच देख्न सकिन्छ ।

कलेजमा कक्षा सञ्चालन रहेको समयमा समेत पशुहरु यत्रतत्र विचरणगर्दै गरेको देख्न सकिन्छ । सुँगुरहरुले हाताभित्रको ग्राभेल सडक खन्दै ताण्डव गरिरहँदा समेत त्यसलाई नियन्त्रण गर्न न त क्याम्पस प्रशासन न त क्वाटरमा बस्ने कर्मचारीले त्यसलाई लखेट्ने प्रयास गर्छन् । कलेजमा क्वाटर सुविधा लिएर बसेका कर्मचारीहरुले नै गाईबस्तु सहितका पशुपालन गरेकाले समस्या निम्तिएको अनेरास्ववियु क्याम्पस ईकाइका अध्यक्ष नबिन पहाडीको भनाई छ ।
त्यसो त कलेजको सुरक्षा र रेखदेख गर्नकैलागि क्याम्पसमा आधा दर्जनबढी सुरक्षा गार्ड खटिएका छन् ।

पशुहरुको चरणस्थल

उनिहरुले तलबका अतिरिक्त ओभरटाईमको सेवासुविधा समेत लिइरहेका रहेका छन । तर क्याम्पस प्रशासन नै गैरजिम्मेबार भएपछि उनिहरुले आफुले पाएको दायित्वलाई निर्वाह गरिरहेका छैनन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिना क्वाटरमा बस्ने कैयन कर्मचारीहरुका कारण क्याम्पस हाता गौचरणमा परिणत भएको स्वीकार गर्नुभयो । सो बिषयमा आफुले कर्मचारीहरुलाई पटकपटक स्पष्टीकरण सोधेको र सम्बन्धित निकायलाई गुहार्दा समेत सुनवाई नभएको उहांको भनाइ छ ।

पशुहरुको चरणस्थल

क्याम्पस प्रमुख तिम्सिनाका आफ्नै तर्क रहेपनि बाहिरबाट हाताभित्र आउने पशु लखेटन क्याम्पसमा पर्याप्त कर्मचारी छन । तिनिहरुलाई जिम्मेबाररुपमा परिचालन गर्न सकिन्छ । यसका साथै क्वाटरमा डेरा सुविधा लिएर बसेका कर्मचारीहरुलाई हाताभित्र पशुपालनमा प्रतिबन्ध समेत लगाउन सकिन्छ तर यसतर्फ क्याम्पस प्रशासनले ध्यान नदिएको विद्यार्थीहरुको भनाई छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]