Sorry, your browser does not support JavaScript! महिला हिँसा न्युनिकरण गराउन बिद्यालयमा निबन्ध प्रतियोगिता गराउदै प्रहरी - Merodesh.news

महिला हिँसा न्युनिकरण गराउन बिद्यालयमा निबन्ध प्रतियोगिता गराउदै प्रहरी

विराटनगर ११ असोज । ६३ औं प्रहरी दिवसको अवसर पारेर मोरंग प्रहरीले महिला हिँसा बिरुद्ध निबन्ध प्रतियोगिता आयोजना गराएको छ ।

महिला हिँसा

दिवसलाई भव्यता पुर्वक मनाउदै महिला हिंसा सम्बन्धी घटनाहरू न्यूनिकरण गराउन बिद्यालय स्तरिय महिला हिँसा बिरुद्धको निबन्ध प्रतियोगिता आयोजना गराएको हो । बुधबार सम्पन्न ‘यौनजन्य हिंसाको कारण, रोकथाम र नागरिकको भूमिका’ बिषयक निबन्ध प्रतियोगितामा मोरङ जिल्लाका ४० वटा बिद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्म अध्यनरत ७७ जना बिद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

मोरंग प्रहरीका अनुसार प्रतियोगितामा सनसाइन सनसाईन बोर्डिङ स्कुल विराटनगरकी १० कक्षाकी छात्रा रियाकुमारी गुप्ता प्रथम र ज्ञान सारथी बिद्यापिठ बोर्डिङ स्कुल विराटनगरका १० कक्षाका छात्र रोशन शर्मा दोस्रो भएका छन । उनिहरु दुवैले १ नं. प्रदेश प्रहरी कार्यालयले आयोजना गर्ने प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा भाग लिन पाउने छन् ।

उक्त्त प्रतियोगितामा १ नं. प्रदेश अन्तर्गत १४ वटा जिल्लाबाटै प्रथम र द्वितीय हुने बिद्यार्थीहरूको सहभागिता हुनेछ । प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा पहिलो र दोस्रो हुने बिद्यार्थीहरूलाई प्रदेश प्रहरीले जनही नगद १० हजार र ७ हजार र सहभागीता जनाउने प्रथम र दोस्रो भएका बिद्यार्थीहरुलाई जिल्ला प्रहरीले नगद ५ र ३ हजार पुरस्कार प्रदान गरिनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

गौरिकाको स्वर्ण चार पुग्यो
गौरिकाको स्वर्ण चार पुग्यो

काठमाडौं २३ मंसिर । पौडी खेलाडी गौरिका सिंह एकै सागमा ४ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली[...]

समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई
समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ।   प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु-याउने[...]

कारागारमा न्यानो सामाग्री
कारागारमा न्यानो सामाग्री

धनगडी । कैलालीको धनगडीमा रहेको जिल्ला कारागारमा न्यानो कपडा वितरण गरिएको छ । फ्रीडम फर फ्रिले कारागारमा रहेका महिला कैदी बन्दीहरुकालागि ७० हजार मुल्य बरावरको फर्म कार्पेटलगायतका सामाग्री सहयोग गरेको[...]