Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : गोरेका साथीलाई थुनामै राख्ने आदेश - Merodesh.news

सुन तस्करी प्रकरण : गोरेका साथीलाई थुनामै राख्ने आदेश

विराटनगर, ११ असोज । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका समन शाक्य हत्या प्रकरणमा थुनामा रहेका चुडामणि उप्रेती गोरेका सहयोगी नरेन्द्र कार्की र मोहन काफ्लेलाई छाड्न नमिल्ने आदेश दिएको छ । गत जेठ ८ गते जिल्लाको आदेश पछि कारागार चलान भएका कृष्ण र मोहनलाई उच्च अदालत विराटनगरले थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

बुधवार उच्च अदालत विराटनगरका न्यायधिस साधुराम सापकोटा र उमेशराज पौडेलको इजलासले काफ्ले र काकीलाई थुनामा राख्ने आदेश दिएको हो । काफ्ले र कार्कीलाई गोरे सहितको समुहले साढे ३३ किलो सुन लुकाएको आरोपमा यातना दिइएको थियो । मृतक शाक्य, कार्की, काफ्ले र गोरे चारै जना मोरङ उर्लाबारी बासी हुन् ।

मोरङ उर्लाबारीको जंगलमा कार्की, काफ्ले र मृतक शाक्यलाई गोरे सहितको समुहले स“गै राखेर करेन्ट लगाएर यातना दिएको थियो । सनम शाक्यको शव विराटनगरबाट बरामद गर्दा प्रहरीले काफ्ले, कार्कीलाई र टेकराज मल्ल ठकुरीलाई पक्राउ परेका थिए । सुन तस्करी प्रकरणमा जिल्लाको आदेश पछि थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसी प्रजित केसी गोरेका सहयोगी भनिएका रामुकमार तिवारीलाई उच्च अदालतले थुनामा राख्नुपर्ने आधार नभएको भन्दै छाड्ने आदेश दिएको थियो ।

उच्च अदालतमा निबेदन दिनेहरु मध्ये टेकराज मल्ल, लाक्पा शेर्पा, राजनकुमार, महाबिर गोल्यान, बिष्णुबहादुर खडका, अम्मरबहादुर थापा, सम्बिरप्रसाद तोलाङंगे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा , डिएसपी सञ्जयबहादुर राउत लगायतलाई थुनामा राख्न उच्च अदालत विराटनगरले अन्तिम आदेश दिइसकेको छ ।

गत जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा राख्ने आदेश दिएको थियो । जिल्लाको आदेश बेरितको भएको भन्दै उल्टाउन माग गर्दै निवेदन दिनेहरु मध्ये १७ जनाको हकमा उच्चबाट अन्तिम आदेश आउन बाकी छ ।

यस्तो थियो कृष्णको बयान

अभैद रुपमा दुबईबाट आयात गरिएको साढे ३३ किलो सुन बाटोबाटै हराएपछि तस्करको समुहले सुन खोज्ने क्रममा दिएको यातनाका कारण भरिया समन शाक्यको मृत्यु भयो । गत माघ पहिलो साता भित्रिएको सुन हराएपछि खोजी गरिहेको तस्कर चुणामणी उप्रेती ‘गोरे’को समुहले समन शाक्यलाई हत्या गरेको मोरङको उर्लाबारी कान्छी चोक पश्चीमको जंगलमा अन्य दुईजनालाई पनि गम्भिर यातना दिएको थियो । सुन चोरीको आरोपमा यातना पाउने शाक्यस“गै थिए कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्ले ।

तस्करीको सुन चोरेको आरोपमा आफ्नै ग्याङमाथी केरकार गरिरहेका गोरेले मृतक शाक्य, नरेन्द्र कार्की र मोहन काफ्लेलाई पाइपले पिटदै करेन्ट लगाएर चरम यातना दिएका थिए । यातनाकै कारण शाक्यको मृत्यु भयो भने कार्की र काफ्ले भाग्यले बाचेका थिए ।

फागुन पहिलो साता देखि नै केर कार गर्दै आएको गोरे समुहले फागुन १२ गतेदेखि नरेन्द्र कार्कीलाई यातना दिन सुरु गरेको थियो ।

२०७४ फागुन १८ गते

काठमाण्डौमा पटक पटक यातना पाएपछि १८ गते बिहानको करीब ६÷७ बजे गोरे भन्ने चुडामणी उप्रेती, मोहन काफ्ले, भोजराज भण्डारी र दावा शेर्पा चढेको गाडी अगाडी नै कान्छी चोकको मध्य जंगलमा पुगेको थियो । कृष्ण चढेको गाडी पुग्दा खाना पकाई खाएको घटनास्थलमा मोहन काफ्लेको हात खुट्टा बाधेर गोरेले पाईपले कुटदै थियो । सनम शाक्य र कृष्ण एउटै गाडिमा थिए । समन र कृष्णलाई समेत भूईमा झारी हात खुट्टा बाधी पाईपले कुटन थाले । कुटेको केहीबेरपछि गोरेले रूखमा बाधेर यिनीहरुलाई पिट भन्ने आदेश दिए ।

गोरेको आदेश पछि टेकराज मल्ल ठकुरी, सुरेन्द्र गौतम, टुकबहादुर मगर र लाक्पा शेर्पाले जंगल बिचमा लागेर तीन जनालाई तीनवटा रुखमा बाधेर राखे । ठकुरीले कृष्णलाई मुखमा कपडाको बुजो खादेर पाईपले हात खुट्टा र जिउमा हिर्काउन थाले । लाक्पा शेर्पाले पनि त्यसरी नै मोहन काफ्लेलाई कुटपिट गरे भने टुकबहादुर मगरले सनम शाक्यलाई कुटपिट गरे । सुरेन्द्र गौतमले भने तीन जनालाई पालैपालो कुटपिट गर्न थाले । कुटिप गर्दा मुखमा बुझो खादेका तस्करको समुहले मुखको बुझो निकालेर सोधपुछ गर्थे ।

तर खोला किनारमा मान्छेको चहलपहल बढेपछि गोरेको समुहले यातना दिने तरिका फे¥यो । रुखमा बाधेर पाइपले कुटदै आएको गोरे समुहले कार्की, काफ्ले र शाक्यलाई गोरे निर्देशनमा गाडीमा राखेर करेन्ट लगाउन थालियो । करेन्ट लगाउन गोरेले निर्देशन दिएका थिए ।

बिहानै पाइपको कुटाइले गर्दा तीन जना थकित भएका थिए । तस्करको समुहले बाधेको रूखबाट सनम शाक्य र मोहन काफ्लेलाई बा १२ च ५९६३ नम्बरको स्कारपियो गाडीमा लगे भने कार्कीलाई लाक्पा शेर्पा र टुकबहादुर मगरले मे १ च ५३९५ नम्बरको टाटा हाईलेक्स गाडीमा राखेर झ्याल ढोका बन्द गरी गाडीको म्युजिक ठूलो बनाएर मुखमा बुजो कोचेर करेन्ट लगाउन थाले ।

करेन्टको व्याथा सहन नसकेर कार्की बेहोसी जस्तो अवस्थामा पुगेका थिए । त्यहीबेला यसलाई छाड्दे यो मर्छ भनेपछि कृष्णलाई गाडीबाट बाहिर निकाली चौरीमा लडाइयो । चौरमा लडाएको १०÷१५ मिनेटपछि पानी ल्याई खानदिएपछि कृष्णको बिस्तारै होस फिर्न थालेको थियो । सोहीबेला सनम लास्ट भयो भन्दै कोही पानी लिन र कोही ग्लुकोज लिन बाहिर हिडे ।

कृष्ण होसमा आएपछि गोरेले जा सनम शाक्य मरेको छ, छैन हेर भनि पठाए । सनम शाक्य र मोहन काफ्ले स“गै थिएगाडी भित्र । गाडीमा कृष्णले हेर्दा सनम शाक्य पहेलो भैसकेको थियो । कृष्ण भन्ने नरेन्द्रले के भयो भनि मोहन काफ्लेलाई सोधे । स“गै करेन्टको पिडा सहेका काफ्लेले सनम त सकियो भन्ने जवाफ फर्काए । सनमको हात छाम्दा पनि चिसो भई सकेको थियो । उसका नसा चल्न छाडिसकेका थिए । नशा चल्न बन्द भइसकेको थाहा भएपछि गोरेलाई सनमको मृत्यु भयो भन्ने जानकारी दिए नरेन्द्रले ।

गाड्ने की फाल्ने

सनकको मृत्यु भइसकेपछि लास कसरी व्यावस्थापन गर्ने भन्दै छलफल चल्यो । घटना स्थलमा उपस्थित भोजराज भण्डारीले कोशीमा फालिदिने भने । तस्करको समुहको थोरै दयाले बचेका कृष्ण भन्ने नरेन्द्रले त्रिसुलीमा फाली दिनुपर्छ भने, अर्काे बिकल्प काल्पनिक दुर्घटना देखाउने पनि सल्लाह भयो । तर गोरेले जंगलमा नै खाल्डोमा पुर्ने निर्णय सुनाए ।

शाक्यको शव लाई पुर्न टुकबहादुर मगर र सुरेन्द्र गौतम खाल्डो खर्न गएका थिए । सोहि बेलामा होटलमा रहेका कृष्ण बस्नेतलाई गोरेले फोन गरी पूर्व बोलाइएका पुन्यप्रसाद लामा ‘तक्ले’लाई काठमाडांै पठाउन निर्देशन दिए ।

खाल्डो खनिदैथियो तर रोके । करिव ८ बजे जंगल छिरेको समुह ४ बजे सम्म घटना स्थलमै बस्यो । शाक्यको शव गाडीमा सामान्य मान्छे बसेको जस्तै अवस्थामा थियो । गाडीमा बसाएर करेन्ट लगाइएका कारण उनले बसेकै अवस्थामा ज्यान गुमाए । शाक्यको लाशलाई तौलियाले छापियो । कसैले सोधे विरामी जस्दै देखिने बनाइयो । लास रहेको गाडीमा टेकराज मल्ल ठकुरी, सुरेन्द्र गौतम, टुकबहादुर मगर, रोहित आचार्य, लाक्पा शेर्पा र कृष्ण चढे भने अरू अर्काे गाडीमा चढेर धरानको निर्भाना कन्ट्री क्लबम पुगेका थिए ।

त्यहा पुगे पछि कोही बियर खान थाले भने कोही गफ गरेर बस्न बसीरहे । सबै बसेको स्थानबाट माधव घिमिरे निस्कीए । सबैले राती त्यही बसेर बिहान मात्र हिड्ने योजना बनाएको थियो । तर गोरेलाई उर्लाबारीबाट आएको फोनमा सनम शाक्य मरेको खबर उर्लाबारीमा फैलिएको जानकारी दिइयो । हल्ला सुनेपछि गोरे समुह तितर बितर हुने योजना बन्यो ।

योजना अनुसार भबिन राई भन्ने भविन तामाङ, रुस्तम मिया, रोहित आचार्य र राजन कुमार काठमाण्डौ जानु भन्दै गोरले सबैलाई ३/३ हजार रुपैया दियो । राजन कुमार ड्राइभर थिए । मोहन काफ्ले र नरेन्द्र कार्कीले कसैलाई नभन्ने बचन दिए गोरेलाई । रात छिपिदैथियो । गोरले मे १ च ५३९५ नम्बरको टाटा हाईलेक्स गाडीमा इटहरी तिर पठाए । गोरे, टुकबहादुर मगर, सुरेन्द्र गौतम र दावा शेर्पा, लाक्पा शेर्पा सोही स्थानमा थिए । कृष्ण र माहेन इटहरीको मितेरी होटेलमा दुईवटा बेड भएको रुम १२००मा बुक गरेर बसे ।

केसी र सञ्जेलको फिल्सी शैली

१९ गते बिहान अन्दाजी ७ बजे गोरेले मोहन काफ्लेलाई फोन गरी टेकराज मल्ल ठकुरीसग भेटेर एक डकुमेन्टमा साईन गर्न भन्यो । त्यसको केहि समयमा ठकुरीले काफ्लेलाई फोन गरि इटहरीको स्वस्तिका होटेलमा बोलाए । जहा डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल बास बसेका थिए । उनीहरुले आधा घण्टा थुनेर सनम शाक्यको हत्या सम्बन्धमा सोधपुछ गरे ।

प्रहरीले सनम शाक्यको हत्या सिराहा जिल्लाको लाहान आसपासको जंगलमा भएको होईन भनी सोधे । कृष्ण र मोहनले बास्तविकता बताउदा सञ्जेलले कम्मरको भागमा लुकाएको पेस्तोल देखाउदै ईन्काउन्टर स्पेसलिस्ट संजेल मामा मै हुँ चिन्छस भन्दै डर देखाए । कृष्णले चिनेको प्रतिक्रिया दिए ।

सोहि समयमा संजेल मामा भन्ने सई बालकृष्ण संजेलले डिएसपी प्रजित केसीस“ग चिनजान गराउदै ल्यापटपमा बयान नोट गराए । सो बेला संजेल मामाले लाहान देखि निजहरुले सनम शाक्यको लाश सहितको गाडीको फलो गर्दै आउ“दा विराटनगरमा मात्र लाश फेला परेको जस्तो देखाउने योजना बनाए । सोही अनुसारको बयान बताउन निर्देशन दिदै सबै होटलबाट बाहिरिए । त्यसपछि डिएसपी सहितको गाडी फिल्मी शैलीमा पक्राउको नाटक बनाउन विराटनगर तिर निस्कीयो ।

विराटनगर आउदा डिएसपी प्रजित केसीको गाडीमा कृष्ण पनि बसेका थिए भने टेकराज मल्ल ठकुरीले चलाएको लाश सहितको बा १२ च ५९६३ नम्बरको स्कारपियोमा अपराध महाशाखाबाट आएका एक जना प्रहरी चढेका थिए । मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नम्बरको टाटा पिकअपमा संजेल मामा भन्ने सई बालकृष्ण संजेल चढेका थिए ।

विराटनगरको ढाटमा आईपुगेपछि र लाश सहितको गाडी र डिएसपी चढेको गाडी ढाटबाट पश्चिम गएर फेरि सोही स्थानमा फर्किएर बिराटनगरको बरगाछि आइपुग्यो । बरगाछिबाट पूर्व तर्फ लाग्ने सल्लाह अनुसार लास बोकेको गाडी पूर्व मोडियो । बरगाछीबाट केहि पूर्व पुगेर पुनः उत्तर लागेर केहि अगाडी बढेपछि प्रजित केसी चढेको गाडी अगाडी पुगेर शव भएको गाडीलाई छेक्यो ।

त्यसबेला केसीले नरेन्द्रलाई गाडिबाट बाहिर गएर चुरोट ख“दै पर बस्नु र बोलाएपछि मात्र आउनु भनेर निर्देशन दिए । अपराध महाशाखाको प्रहरी टोलीले टेकराज मल्ल ठकुरीलाई हतकडी लगाएर डिएसपी चढेको गाडीमा राखेपछि नरेन्द्रलाई बोलाएर भ्यानमा राखियो ।

सोही बेला घटनास्थलमा वरिपरी मानिसहरुको भिड बढिसकेको थियो । नरेन्द्रलाई गाडीमा हालेपछि मोहन काफ्लेले चलाएको गाडी सोही स्थानमा आएर रोकियो । त्यसको लगभग १५÷२० मिनेट पछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

मोरङ प्रहरीको अनुसन्धानबाट नै लहरो तान्दा पहरो गर्जिेन पत्ता लाग्यो । घटनाको अनुसन्धान गर्दै जादा ७५ जना विरुद्ध मुद्दा दायर ग¥यो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु