Sorry, your browser does not support JavaScript! ईटहरीमा खुल्यो सार्पिङ मल, होटल र सिनेमा हल एकै ठाउँ भएको ९ ले ‘सेन्ट्रल प्लाजा’ - Merodesh.news

ईटहरीमा खुल्यो सार्पिङ मल, होटल र सिनेमा हल एकै ठाउँ भएको ९ ले ‘सेन्ट्रल प्लाजा’

विराटनगर,९ असोज । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रालिले ईटहरीको मुख्य चौकमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त सिनेमा हल सिनेफ्लिक्स संचालनमा ल्याएको हो ।

सेन्ट्रल प्लाजा

एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई शुभारम्भ गरेको उक्त्त प्लाजा पुर्वको सबै भन्दा ठूलो प्लाजा हो । यहाँ एउटै भवनमा बिभिन्न सर्पिङ सेन्टर, होटल र सिनेमा हल रहेका छन । एक नम्बर प्रदेशको चौरास्तामा पर्ने ईटहरीका मात्र नभएर सबैतिरबाट आउने दर्शकहरुलाई आधुनिक सुबिधा सहितको किनमेल र उत्कृष्ट मनोञ्जनको अनुभव गराउनकालागि सेन्ट्रल प्लाज मल सचालनमा ल्याएको बताए ।

पाँचौ तलमा सिनेमा हल ६ देखी ९ तलासम्म होटल

ईटहरी बजारको मुख्य स्थानमा रहेको उक्त्त १० तल्ले सपिङ्ग मलको ग्राउन्ड फ्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तराष्ट्रिय ब्रान्डको पसलहरु रहेका छन । जहाँ सँसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चाँैथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहेको छ । भवनको पाँचौ तलमा सिनेफ्लिक्स मल्टिप्लेक्स सिनेमा हल रहेको छ । लक्जरी मल्टिप्लेक्स मा दुई वटा स्क्रिन रहेका छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा थ्रिडी सहितका हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमाहरु हेर्न पाइने छ । हल अत्याधुनिक प्रविधिको सुविधायुक्त फुल एयर कन्डिसन अवस्थाको छ । सिनेफ्लिक्समा दर्शकहरुको चाहना अनुसारका भेजिटेरियन र नन–भेजिटेरियन स्न्याक्सहरु पनि उपलव्ध गराइएका छन ।

यसैगरि सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा.लि को नयाँ लगानीको होटल भरन्डा खोलिदैछ । ३३ वटा आकर्षक कोठाहरु हुने यस होटलमा बसेर भ्यु टावरको झै आनन्द लिन सकिनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]