Sorry, your browser does not support JavaScript! निजी विद्यालय सञ्चालकद्वारा प्राविधिक शिक्षामा जोड - Merodesh.news

निजी विद्यालय सञ्चालकद्वारा प्राविधिक शिक्षामा जोड

विराटनगर,  ८ असोज। निजी विद्यालयका सञ्चालकहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन महानगर कार्यसमितिको आज विराटनगरमा भएको प्रथम नगर अधिवेशनमा बोल्ने निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन)का पदाधिकारी तथा कार्यक्रमका अमन्त्रित अतिथिहरुले सो बिषयमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्नुहुंदै प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले बदलिएको विश्व परिवेशसँगै डिग्री र ग्रेड मात्र हासिल गर्ने शिक्षा महत्वहीन हुँदै गएको बताए । उनले देश विकासका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको विषयमा गृहकार्य गरेर सोहीअनुसारको पाठ्यक्रम विकास गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले शिक्षाको विकासमा निजी तथा संस्थागत विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रविधिमुखी शिक्षालाई जोड दिएर देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए ।

प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दासले सरकारले निजी तथा संस्थागत विद्यालयलाई हेपाहा प्रवृत्तिले हेर्ने गरेको गुनासो गरे । उनले विभिन्न प्रकारका ऐन नियम लादेर निजी विद्यालयहरुलाई अफ्ठयारो पार्न खोजिएको बताए । कार्यक्रममा महानगर कार्यसमितिले विभिन्न समयमा संचालन गरेको स्पेलिङ र क्वीज कन्टेस्टका संयोजक तथा अन्यलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष प्रेमलाल सिंह सुवालले सम्मान र मायाको चिनो वितरण गरे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]