Sorry, your browser does not support JavaScript! खुर्सिद आलम हत्याको स्थलगत रिर्पोटिङ: फितलो सिमा सुरक्षा व्यवस्थाको लाभ सार्प सुटरलाई - Merodesh.news

खुर्सिद आलम हत्याको स्थलगत रिर्पोटिङ: फितलो सिमा सुरक्षा व्यवस्थाको लाभ सार्प सुटरलाई

४ असोज बिहान १० बजे । सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ४ रामनगर भुटाहा घर भएका मौलाना एवं एमाले नेता (जिल्ला सल्लाहकार) ५५ बर्षिय खुर्सिद आलम घुस्की मार्गमा रहेको अन्सारी आपनो नीजि प्राथमिक तहको बिद्यालय ‘रैयान ईग्लिस बोर्डिङ’ स्कुलको व्यवस्थापन समितिको बैठकमा आए । एक घण्टा जति बैठकमा भाग लिएर उनि चिया पिउन पुर्व हरिनगरारोडमा रहेको अकबर सिद्धिकिो पसलमा पुगे । चिया पिईसकेपछि उनि छिमेकी अमिन अन्सारीको मोटरसाइकलमा पछाडी बसेर घरतर्फ लागे (उनको घर स्कुलभन्दा ६ सय मिटर तल घुस्की मार्गमै पर्छ ) ।

खुर्सिद आलम
दसगजा छेत्रमा पर्ने नेपालको अन्तिम नाका बाटो

घर जान लाग्दा स्कुलनिर उनलाई सादा नम्बर प्लेट भएका दुई मोटरसाइकल (सेतो अपाचे र हरियो पल्सर) पुर्वपश्चिम बनाएर घेरा हाले । क्षण भर नगुमाई उनिहरुले लगालग पेस्तोल निकालेर तीन गोली हाने । पहिलो गोली खुर्सिदको कन्चटमै हानियो । उनि चालकतिर लुडकिय । दोस्रोगोली कोखामा हानियो । र तेस्रो गोली मोटरसाइकल चालकलाई हान्न खोज्दा त्यो गोली पनि खुर्सिदकै घुँडामा लाग्यो । गोली हानिसकेपछि आलम मोटरसाइकलबाट लडे । अमिनले के भयो भनेर मोटरसाइकल रोके । उनि खुनले लथपथ थिए, उनको प्राणपखेरु उडिसकेको थियो ।

खुर्सिद आलम
खुर्सिद आलमको हत्यापछि अस्तव्यस्त भुटाहा बजार

उनलेदेखे गोली हान्ने सुटरहरु दक्षिण घुस्कीतर्फ भागिरहेका थिए । उनीसँगै स्थानियले होहल्ला गरे । कसैले सात आठ सय मिटर उत्तरमा रहेको भुटाहा प्रहरी चौकीलाई त कसैले शसस्त्र प्रहरीको बेसक्याम्पलाई खवर गरे । कसैले दक्षिणतर्फ घुस्कीमा रहेका आफन्तलाई फोन गरेर भाग्दै गरेकाहरुलाई रोक्न आग्रह गरे । कोही मोटरसाइकलमा सुटरहरुको पिछा गर्न थाले ।स्थानियहरुका अनुसार घटना भएको करिब आधा घण्टापछि घुमारो बाटो बाट नेपाल प्रहरी र शसस्त्र प्रहरी घटना स्थल पुगे त्यत्तिखेर सम्म सुटरहरु भागिसके खुर्सिदको हत्या गरेर भागिसकेका थिए ।

खुर्सिद आलम
भुटाहा-घुस्की मार्ग

……………………………………..

भुटाहाबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ घुस्की बजार । त्यहाँ हार्डवेयर पसल गरेर बस्ने हरिनगरा गाप ५ बस्ने युवा इशा अन्सारीलाई भुटाहामा रहेका उनका भिनाजु शमशाद अन्सारीले फोन गरेर मान्छे हानेर दुईटा मोटरसाइकल भाग्दै आइरहेकोले उनिहरुलाई बाटो छेकेर पक्राउ गर्न भने । इशाले मान्छे हानेको भन्ने कुरालाई दुर्घटना गरेर भागेको भन्ने बुझे । तैपनि उनले हतारमा आफना केटाहरुलाई घुस्कीमा रहेको उत्तरतर्फको गल्लि छेक्न पठाए । त्यहाँ बेन्च राखेर बाटो छेकियो । तुरुन्तै उनले प्रहरी चौकीका असई शिवकुमार शर्मालाई फोन गरेर मान्छे हानेर मोटरसाइकल भाग्दै आएको भन्ने सूचना दिए ।

खुर्सिद आलम
बि ओ पी घुस्की

कार्यक्रमा जानकालागि असई ‘बर्किङ डे«स’ फेर्ने तैयारीमा थिए । उनले सेन्ट्रिलाई तुरुन्त राजमार्गमा गएर छेक्न अह्राए । सेन्ट्रि शिवलाल पौडेल राजमार्गतिर दौडिए । गल्तितिरबाट नभै सोझै राजमार्ग भएर दशगजातर्फ तीब्र गतिमा दौडिरहेको मोटरसाइकल आइपुग्यो । दुई मोटरसाइकलमा चार जना सवार थिए । उनिहरुले आपसमा हुक बेल्ट लगाएका थिए (सायद केही भएमा कोही नछोडियोस भनेर हुनसक्छ ) । ईशा र उनका साथीहरुले ती तीब्रं गतिको मोटरसाइकललाई बाटो छेक्न खोजे । तर मोटरसाइकल रोकिएनन ।

खुर्सिद आलम
दसगजा छेत्रमा नेपाल तर्फको भाग

ईशाले एक जनलाई पक्राउ गरेर लडाउन खोजे तर मोटरसाइकल डगमगायो मात्र लडेन। यत्तिकैमा चौकीतर्फबाट सेन्टि बसेका जवान शिवलाल ‘थ्रिनट थ्रि’ राइफल बोकेर आइपुगे । बन्दुक बोकेको प्रहरी देखेपछि सुटरहरुले फायर खोले । लगालग तीन गोली हाने । एउटा गोली जवान शिवरामको कम्मरमा लाग्यो । अर्को गोली दाहिने गोजीमा बोकेको मोवाईलमा लाग्यो र छेडेर तिध्रमा छिरयो। यत्तिकैमा असाई शिवराम पनि परबाट कराउदै कुददै थिए । तर सुटरुहरु सिमानातर्फ भागिरहेका थिए ।

खुर्सिद आलम
प्रहरी चौकी, घुस्की

घुस्कीमै बसोवास गर्ने मुस्तफाले तीब्र गतिमा मोटरसाइकलमा भागिरहेको देखेपछि र चौकीमा प्रहरीलाई पनि गोली हानेर भागेपछि कटटु र लुँगिमा बसिरहेका उनले आफनो बुलेट मोटरसाइकल स्टार्ट गरेर पिछा गर्न थाले । स्थानिय अबुल अन्सारीले शसस्त्र प्रहरीको बोर्डर आउट पोष्टको ईन्स्पेक्टर दिलकुमार पन्तलाई फोन गरेर सूचना दिए । उनी पनि मोटरसाइकलमा पिछा गर्न थाले । मुस्तफाले घुस्की बजारबाट दुई किलोमिटर दक्षिण दशगजा सम्म सूटरको पिछा पिछा गरे । उनिसँगै ईशा र अन्य युवकहरु पनि १० ।१५ वटा मोटरसाइकलमा पिछा गरिरहेका थिए ।

खुर्सिद आलम
नेपाल भारत सिमानामा पर्ने जंगे पिल्लर

हरियो र सेतो मोटरसाइकलमा रहेका सुटरहरु दशगजामा पुग्न थालेका थिए । त्यत्तीबेलै त्यहाँ बुलेट मोटरसाइलमा पुगेका मुस्ताफले पिकेटमा डयुटीमा रहेका शसस्त्रका हवल्दार राजेश पोद्दारालाई मान्छे मारेर भागेकोले चाँडो दौडेर गोली हान्न भने । तर हवल्दार पोद्दारले आदेश छैन भन्दै मानेनन । तैपनी मुस्तफाले पिछा गर्न छाडेनन । सुटरहरु दशगजामा पुगे । उनिरु अरु जस्तो सोझै पश्चिम घुर्ना बजारतर्फ गएनन किनभने त्यहाँ एसएवीके डयुटी थियो । उनिहरु दक्षिणतर्फ । जंगे पिलर नजिकै रहेको १९१ नम्बरको पिलर नेरबाट बोर्डर क्रस गर्न थाले । सुटरहरुको मोटरसाईकल पैनीमा लडेकोले बोर्डरक्रस गर्न उनिहरुलाई केही ढिलाई भएको थियो । यसैले मुस्तफा उनिहरु नजिकै पुगे । उनिहरु पैनी तरेर भारततर्फ रहेको पटुवारा टोलतर्फ भागिरहेका थिए ।

खुर्सिद आलम
खुर्सिद आलमले पढाउने बिद्यालय

उनिहरु सोझै घुर्नाबजार जान छाडेर दक्षिणतर्फ लाग्ने कारणचाँही सिमा क्षेत्रमा भारतले बनाएको रिंगरोड उनिहरुले सजिलै फेला पार्दथे र उनिहरुलाई भाग्न चाँडो हुने थियो । पिछा गरिरहेको देखेपछि उनिहरुले मुस्तफालाई पेस्तोल ‘कक’ गरेर अगाडी आएमा मारिदिने धम्की दिए । उनिहरु भारततर्फ गैसकेकोले मुस्तफाले थप पिछा गर्न सकेनन । निक्कै बेरपछि गाउँमा रहेको शसस्त्र प्रहरीको बोर्डर सुरक्षा पोष्टबाट ईन्स्पेक्टर दिलकुमार बन्त टोली सहित आए । तर त्यो बेला सम्म सुटरहरु योजनाबद्ध रुपले रफुचक्कर भैसकेका थिए ।

इन्सपेक्टर पन्त तत्काल भारततर्फ रहेको एसएसबीको धुर्ना थाना र एसएबीको गएर नेपालमा मान्छे मारेर सुटर भागेकोले उनिहरुलाई पक्राउ गरेर सहयोग गरिदिन भने । एसएसबीका ५६ औ बटालियन कम्पनीका कमाण्डर रमेश मलहोत्राले केही पहल त गरे तर हात लाग्यो शुन्य भयो ।

……………………………………..

जव भुटाहामा नेपाली नागरिक खुर्सिदको हत्या भयो तव दक्षिण दशगजा आउने समयसम्म बिचमा सुटरहरुले नेपाल प्रहरीको दंगा व्यवस्थापन पोष्ट , घुस्की प्रहरी चौकी र शसस्त्र प्रहरीको बोर्डर सुरक्षा पोष्टको गस्ति टोली र थुप्रै वाक्ला गाउँ , घुमाउरो खाल्डाखुल्डी भएका कच्ची सडक पार गरेका थिए । तर उनिहरु भाग्दै गरेको सूचना कुनै पनि प्रहरीले मातहतबाट पाएनन ।नत भुटाहामा रहेको शसस्त्र बेश क्याम्पले बोर्डर पोष्टलार्य खवर गरयो नत घुस्की चौकीले दंगा टोली र घुस्की चौकीलाई फोन गरयो । यसैले उनिहरुले नत गोली हान्ने आदेश याउन सके नत मान्छे मारेर भागेको हो भन्ने पुर्ण सूचना बुझेर बिबेक नै प्रयोग गर्न सके ।

खुर्सिद आलम
सुटरले बोर्डर क्रस गरेको ठाउँ

अर्कोतिर भुटाहा चौकीमा रहेका असईले ११ बजेर १४ मिनेटमा र त्यही रहेका सुरक्षा बेश क्याम्पसका शसस्त्र प्रहरीका सईले ११ बजेर १८ मिनेटमा स्थानियबाट मोवाइल्मा सूचना पाएका थिए । तर स्थानिय मार्फत सूचना पाएको भएपनि उनिहरु सममै घटना स्थल पुग्न सकेनन । नत उनिहरुले दक्षिण आफनै चौकी र पोष्टमा फोन नै गरे । बरु घुस्की प्रहरी, शशस्त्र प्रहरीले जति सुचना पए त्यो नागरिकहरुबाटै पाएका थिए । यसले प्रहरीको सूचना संयन्त्र एकदमै फितलो र कामै नलाग्ने रहेको प्रस्ट भयो ।

अर्कोतिर भुटाहामा सादा नम्बर प्लेटका दुई मोटरसाइकल आउँदा र खुर्सिदको निगरानी गर्दा सम्म प्रहरीले कुनै सूचना किन पाउन सकेन त भन्दा सानो र सधै केही न केही झमेला भैरहने क्षेत्रमा चरहरु संयन्त्र एकदमै कमजोर देखियो । अर्कोतिर त्यस्तो जोखिमयुक्त्त क्षेत्रमा हालसम्म पनि २०२६ सालमा निर्माण भएको भवनमा दुई चार पुराना हतियार दिएर जम्मा ७ जना प्रहरीको भरमा सुरक्षा व्यस्था छाडेको थियो । जतिबेला घटना भएको थियो कोही खान खाइरहेका थिए । कोही झगडा मिलाउँदै थिए । यसैले सूचना पाउनासाथ उनिहरु घटना स्थल पुग्न सकेनन । तैयारी हुनमा समय लाग्यो ।

……………………………………………

घुस्की प्रहरी चौकीका असई शिवकुमारका अनुसार उनि कुनै क्रार्यक्रममा सहभागी हुन ‘बर्किङ’ ड्रेस लगाउन तैयारी गर्दै थिए । चौकीमा रहेका उनका ६ जना सिपाही मध्ये २ जना गाउँमा गस्ति गएका थिए त्यो पनि हिँडेर । एक जना बजारतिर गएका थिए । एक जना मात्र सेन्ट्रिमा थिए । स्थानिय यूवा इशा अन्सारी मार्फत उनेले ११ बजेर १५ मिनेट जाँदा मोवाइलमा मान्छे हानेर दुईजना आउदैछन भन्ने सूचना पाएपछि हल्ला गर्दै केटाहरुलाई पठाएर आफु हतारमा लुगा लगाउन थाले । लूगा लगाएर बाटोमा निस्कदा जवानलाई गोली हानेर सुटरहरु भागिसकेका थिए ।

 

उनले कतै फोन गर्न सकेनन । बोर्डर मोवाइलमा व्यालेन्सपनि थिएन । व्यालेन्स हालेर उनले घटना जिल्लामा जानकारी गराए । उनको चौकीको मोटरसाइकल पनि बिग्रेकेो थियो यसैले उनले पिछा गर्न सकेनन । स्थानिय र सुरक्षकर्मीहरुका अनुसार सादा नम्बर प्लेट भएका मोटरसाइकलहरु घुस्कीतिरबाट गएका थिएनन नत नयाँ मान्छेहरु कतै देखिएका थिए ।

त्यसो भए ती मोटरसाइकल कताबाट आएका थिए कतै इनरुवा वा हरिनगरातिरबाट त आएका थिएनन ? प्रश्न उठेको छ । अर्को घुस्की चौकमा प्रहरी देख्ने बित्तिकै गोली हान्ने सुटरहरुले दशगजा सम्मै पिछा गर्न पुगेकाहरुलाई चाँही कनि गोली हानेनन ? र सुटहरुलाई कसैले भुटाहातिरै वा आसपासको गाउँमा संरक्षण दिएर राखेकी थिएकी खोजी हुन आवश्यक छ ।

……………………………………………

अर्कोतिर शसस्त्र प्रहरीको बोर्डर पोष्ट दशगजा जाने मुख्य मार्ग भन्दा अढाई किलोमिर भित्र गाउँमा बनाईको छ । त्यहाँ घुस्कीबाट स्थानिय युवा अबुल अन्सारी मार्फत ११ बजेर १५ मिनेटमा सूचना त पाए तर राजमार्गमा पुग्न सकेनन उनले मोेवाईलबाट गस्तिमा रहेका बरिष्ठ हबल्दार राजेश पोद्धारलाई निर्देशन गरे — ‘मोटसाइकलमा आउनेहरुलाई भाग्न नदिनु समाउनु ।, तर किन हो भनेर उनले प्रस्टयाउन सकेनन ।

दशगजा भन्दा पाँच मिटर उत्तर गाउँमा डयुटी बसेका शसस्त्र प्रहरीले तीब्र गतिमा आएका दुई मोटरसाइकल रोक्न खोजे तर उनिहरुले उल्टै हकारे , — ‘रास्ता छोड साला नहीँ तो उडा देगे।, पिछा गदै आएका मुस्तफा अन्सारी कराउदै थिए,— “हल्दार साहेव मान्छे मारेर भागेको हो गोली हान्नुस गोली हान्नुस, तर हल्दार पोद्धारले उत्तर दिए” — “आदेश छैन ।” यसैले सूटहरु सहजै दशगजामा पुगे । दशगजा नजिकै बसोवास गर्ने प्रत्यक्षदर्शी आलम अन्सारका अनुसार दुई मोटरसाइकलमा हुक बेल्ट लगाएका चार मान्छे थिए । अगाडी बस्नेले मात्र हेल्मेट लगाएका थिए ।

उनिहरुको पछाडी पछाडी मोटरसाइकलमा धेरै मान्छेहरु आइरहेका थिए । उनिहरु घुर्नाबजारतिर नगै दशगजा क्षेत्रको पाँच सय मिटर दक्षिण गएर भारतको पटबारी टोलतर्फ भागेका थिए । सोही ठाउँका युव नवाज सरिफले भने, —“प्रहरीले थोरै बल गरेको भए सूटहरु भाग्न पाउने थिएनन हामी सजिलै पक्राउ गर्न सक्ने थियौ ।”

…………………………………………………………………..

शसस्त्र प्रहरीको बोर्डर पोष्ट राजमार्गमै भएको भए वा पिकेटहरु वा ढाट भएको भए सूटरहरु भाग्न सक्ने थिएनन । मातहतबाट सूचना दिएर राजमार्गमा अवरोध खडा गरेको भएपनि उनिहरुलाई पक्राउ गर्न सकिने थियो । तर जधन्य घटना भएमा बैकल्पिक उपाय के गर्ने भन्नेबारे कसैले सोचेको पनि देखिएन । गज्जवचाँही के छ भने नेपाल प्रहरीले जस्तै बोर्डर आउट पोष्टले पनि आफनो माहतबाट पछि सम्म कुनै सूचना पाउन सकेन । मोवाइलमा नभएपनि सेटमा भएपनि सूचना पाएको भए समय रहने थियो र एक्सन लिने निर्णय गर्न सकिने थियो । चुकचुकाउँदै बिओपी कमाण्डर ईन्स्पेक्टर दिलकुमार पन्तले भने , — “पाँच मिनेट अघि मात्र सूचना पाएको भए ठाउँको ठाउँ ढाल्न सकिनेरहेछ सूचना नपाउँदा एक्सन लिन सकिएन ।”

………………………………………..

औपचारिक रुपमा कसैले नवोलेपनि खुर्सिदको हत्या भारतको प्रतिआतंकबाद सेलबाट गरेको चर्चाछ । र मिडियाहरुले पनि खुर्सिदले आतंकबादमा संलग्नहरुलाई संरक्षण दिएर नेपाली नागरिकता समेत दिलाएकोले उनले ज्यान गुमाउनु परेको हो भनिदैछ । त्यसवारे बुझनेकाम सरकारको हो । तर प्रश्न उठछ बषौदेखी नेपालमा सपरिवार बस्दै आएको नेपाली नागरिकलाई (एमाले पार्टीका नेता समेत) यति सजिलै कसैले दिउँसै गोली हानेर सहज रुपमा बिदेश तिर भाग्छ र गोली हान्ने व्यक्त्ति को थियो र किन हानियो भन्ने सम्म अत्तोपत्तो हुदैन भने अरुलाई आफनो जीउधनको सुरक्षा चिन्ता हुन्छ कि हुदैन ? यसैले हरिनगराबासी मात्र हैन सिमा क्षेत्रमा बस्ने आम नेपाली चिन्तत छन ।

……………………………..

भुटाहा घटनाले सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको सुरक्षाको चिन्तासँगै हाम्रो सिमा सुरक्षा व्यवस्थामा प्रश्न उठाएको छ । हाम्रो सीमा सुरक्षा व्यस्था किन यति फितलो र कमजोर । यस्तो आधुनिक प्रबिधिको जमानामा पनि समयमा तुरुन्तै आपतकालिन सूचना किन सर्कुलर गर्न नसकेको ? कि दरिद्रताले नै हो कि दक्षताको अभाव हो ? दिउँसै खुल्ला व्यस्त बजारमा मान्छे मोरेर सुटरहरुले आठ किलोमिटर दुरी तय गर्दा बिचमा रहेका दंगा पोष्ट , प्रहरी चौकी शसस्त्र प्रहरी गस्ति कसैले किन चाल पाउन सकेनन र रोक्ने प्रयास गरेनन ? सादा सेता शंकास्पद नम्बर प्लेट भएका मोटरसाइकल सानो भुटाहा बजारमा आउँदा निगरानी गर्ने काम किन हुन सकेन ।

अनि उनिहरु पक्कै घुस्कीतिरबाट आएका थिएनन । तर आएका थिए कताबाट ? कतै कसैले उनिहरुलाई आसपासमै सरक्षण दिएको थियो कि ? पटक पटक तस्करी र अन्य बिषयलाई लिएर स्थानिय र प्रहरी बिच झडप हुने गरेको, डकैती र हत्याका घटनाहरु भैसकेको र ९० प्रतिशत मुस्लिम समुदायको बाहुल्यता रहेको त्यस्तो जोखिमयुक्त्त क्षेत्रमा थोत्रा हतियार दिएर सवारी साधन समेत नदिईकन त्यत्ती सानो सँख्यामा मात्र किन चौकी राखियो ? शसस्त्र प्रहरीले किन राजमार्गमा बेश क्याम्प नराखेको । ३६ जना दरबन्दि लिएर बसेको बोर्डर पोष्टले दशगजामा एक ठाउँमा मात्र किन सानो पिकटे डयुटी राखेको ? घटना भैसकेपछि भुटहाबाट बेश क्याम्प किन दक्षिणमा रहेको पोष्टलाई सूचना नदिएको र फलो गर्दै नगएको ? वोर्डर पोष्ट किन गाउँमा राखेको राजमार्ग सजिलै निस्कन सक्ने ठाउँमा किन नराखेको ? राजमार्गमा किन पिकेट बनाएर गस्ति नराखेको ढाट (वैरियर) किन नराखेको । के सधै खुला सिमाना छ भनेर पन्छिएकै भरमा जिम्मेवारी पुरा हुन्छ कि वा कर्तव्यवाट पन्छिन पाईन्छ ?

………………………………………….

जवकी भारततर्फ दशगजा क्षेत्रमै जोडिएर शसस्त्र सिमा सुरक्षा बल (एसएसबि) ले अध्याधुनिक हतियार सहित सुरक्षा प्रदान गर्नेगरेका छन । उनिहरुको बिओपी बटालियन कम्पनी स्तरको छ र राजमार्गसँगै जोडिएका छन । तर हाम्रो शसस्त्र प्रहरी मानुली हतियार लिएर दगशजामा नभै ढुक्कले गाउँमा डयुटी गरेर बस्छ । दशगजा नजिकै किन नबसेको र गाउँमा बसेको ? यसमा के करण छ । ओसार पसार गर्न दिएन भनेर स्थानियले पिकेट भत्काएको वा नराख्ने भनेकोले अस्थायी पिकेट र ढाट नराखेको नराखेको भन्दा चित्त बुझदो जवाफ हुन्छ ? जबकी भारतको सिमा क्षेत्रमा गएर रिर्पोटि गर्ने क्रममा केयौ पटक हामीलार्य एसएबीले चेतावनी दिएको छ ।

शुक्रबार घुस्की स्थित दशगजा भोग्दा पनि हामीले त्यो व्यवहार भोग्नु परयो । उनिहरुले कित हामीलाई गाली गर्छन । कि मेसिनगन ‘कक’ गदै हाम्रो क्यामरा खोस्छन वा फोटाहरु मेटाउन लगाउँछन । कतिपटक केही साथीहरुको छ क्यामेरा पनि खोसिएको छ । एसएबीहरुले प्राय नेपालीहरुलाई कुटपिट गरिरहको हुन्छन । कैयौलाई गोली हानेर हत्या गरेका छन । अनुगमन गर्दा देख्न पाउँछौ । सकभर भारतीय सुरक्षार्कीले दशगजा भन्दा भित्रै नेपालकै भूमीमै आएर डयुटी गर्ने पनि गरेका छन ।

तर हाम्रा सुरक्षाकर्मी भने, दशगजामा बस्न किन डराएका ? यस्ता अनेकौ कारणले पनि होला बिना नम्बर प्लटेका सवारीमा आएर रेकी गरेर दिउँसै नेपाली नागरिकलाई गोली हानेर भाग्दा पनि हामीले केही थाहा नपाएको । पक्कै सरकारले बनाएको छानबिन टोलीले घटनालाई ढाकछोप गर्नकालागि नभै सुरक्षा व्यस्थामा पनि सुधार गर्न र सिमा सुरक्षा स्रोतसाधन सम्पन्न र बलियो बनाउन सुझाव पनि दिनेछ ।

फोटो , घुस्की स्थित नेपाल भारत सिमा क्षेत्रको दशगजामा रहेको जंगेपिलर र सहायक पिलर जहाँबाट सुटरहरुले बोर्डर क्रस गरेका थिए । दशगाजा पारिको भारतीय घुर्ना बजार र वारिपटि नेपातर्फको नाकाको बाटो । स्थानियहरु दशगजामा घटना बताउँदै । घुस्की प्रहरी चौकी । घुस्की चौकमा प्रहरीलाई गोली लागेको ठाउँ देखाउदै स्थानिय । भुटाहा बजार चौक र भुटाहाको घुस्की मार्गमा रहेको खुर्सिद आलमको स्कुल ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग[...]

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी[...]

मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल
मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल

पुरुषलाई मदिरा  नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु[...]