Sorry, your browser does not support JavaScript! अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा साताब्यापी कार्यक्रम आयोजना - Merodesh.news

अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा साताब्यापी कार्यक्रम आयोजना

विराटनगर, ७ असोज।  अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताहको अवसरमा विराटनगरमा साताब्यापी कार्यक्रम आयोजना गरिएको छ ।

कोशी बहिरा संघको आयोजनामा आजबाट साताब्यापी कार्यक्रम शुरु भएको हो । साताब्यापी कार्यक्रमको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीले उदघाटन गर्नुभयो । कार्यक्रमको पहिलोदिन प्रभातफेरी र जनचेतनामुलक नाटक प्रदर्शन गरिएको छ । स्थानिय महेन्द्रचोकबाट निकालिएको प्रभातफेरीले कोशी राजमार्गको विभिन्न भागको परिक्रमागर्दै शनिमन्दिरबाट मेनरोड हुंदै फेरी महेन्द्रचोकमै पुगेर समापन भएको थियो ।

प्रभातफेरीको समापनपछि बहिरा कलाकारहरुले सोहि ठांउमा जनचेतनामुलक नाटक प्रर्दशन गरेका थिए । सांकेतिक भाषाको महत्व र आवश्यकता उजागरगर्ने उद्धेश्यसहित नाटक प्रदर्शन गरिएको दोभाषे सन्तोषी घिमिरेले जानकारी दिनुभयो । सोहि कार्यक्रमकाबीच स्थानिय समाजसेवी तिलकबहादुर थापाले आयोजक संस्थालाई ५ थान कुर्सी प्रदान गर्नुभयो ।

साताब्यापी कार्यक्रम अन्र्तगत दिपप्रज्वलन र लागूऔषध दुब्र्यसन विरुद्धका सचेतना कार्यक्रमहरु गरिने जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ प्रदेश एकका अध्यक्ष विमल बस्नेत, आयोजक संस्थाका अध्यक्ष चेतबहादुर बराल,विराट बहिरा माविका ब्यवस्थापन समिति अध्यक्ष रमेशचन्द्र पौडेल र समाजसेवी मिना जोशी लगायतको सहभागिता थियो ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]