Sorry, your browser does not support JavaScript! कृष्णभूषण बल साहित्य पुस्कार तिवारीलाई प्रदान – Merodesh.news

कृष्णभूषण बल साहित्य पुस्कार तिवारीलाई प्रदान

विराटनगर, ६ असोज । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ ।

कृष्णभूषण बल साहित्य पुस्कार
विराटनगरमा शनिबार आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो । भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष प्रा. डा. टंकप्रसाद न्यौपाने र प्रमुख संरक्षक शोभा लामा बलले संयुक्त रुपमा नगद २५ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए ।

चार दशकदेखि नेपाली भाषा साहित्यमा कलम चलाउँदै आएका तिवारीका आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् । कार्यक्रममा कवि बद्री भिखारी, मुनाराज शेर्मा, शुभलक्ष्मी लम्साल, सीमा आभास, सुदीप पाख्रिन, रमेशचन्द्र अधिकारी, मञ्जुश्री गिरी, उमेश लुइँटेल, दीपक शम्चु र धीरज राईले वरिष्ठ कवि बलका कविता वाचन गरे । त्यस्तै झापाका कवि कृष्ण बराल र धरानका कवि डा. गोपाल भण्डारीले बलसँग सम्बन्धित कविता प्रस्तुत गरेका थिए ।

कृष्णभूषण बल साहित्य पुस्कार

साहित्यकार कुन्ता शर्मा, प्राज्ञ एनपी आचार्य, विवश पोखरेल, ऋतु आसिक, सांसद सावित्रा रेग्मी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले कविता साहित्यमा कृष्णभूषण बलको योगदानको चर्चा गरे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’
‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको चुनाव चिन्ह र झण्डाका नाममा नेतृत्वमा अवसरवाद देखिएकाे भएको बताएकी छन् । विराटनगरमा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुको[...]

विराटनगरमा बयलगाडासहित प्रदर्शन
विराटनगरमा बयलगाडासहित प्रदर्शन

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थीहरुले विराटनगरमा बयलगाडासहित प्रदर्शन गरेका छन् । आइतबार संसद् पूनस्थापना माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह निकट विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गरेका[...]