Sorry, your browser does not support JavaScript! पेट्रोलियम पदार्थको अभावमा पेट्रोल पम्पहरु बन्द - Merodesh.news

पेट्रोलियम पदार्थको अभावमा पेट्रोल पम्पहरु बन्द

विराटनगर, ५ असोज।  ट्यांकर चालकहरुले इन्धन ढुवानी नगर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल डिजल अभावका कारण इन्धन ब्यवसायीले पम्पहरु बन्द गर्दा सर्वसाधारण मर्कामा परेका छन ।

भदौ ३१ यता विभिन्न कारणले तथा पछिल्लो समय चालकहरुले ढुवानी नगरेका कारण निगमको क्षेत्रीय डिपो विराटनगरबाट इन्धन ढुवानी हुननसक्दा पम्पहरुमा इन्धनको अभाव भएको हो । हालै लागु गरिएको मुलुकी अपराध संहिता २०७४ मा ब्यवस्था भएको सवारी ज्यान मुद्धा सम्बन्धि ब्यवस्थाको परिमार्जन र संशोधनको मागगर्दै चालकहरुले ढुवानी अवरुद्ध गरेको जनाइएको छ । पेट्रोलियम ट्यांकर चालक संघ विराटनगरका अध्यक्ष केशव आचार्यले कुनैपनि संघसंस्थाको अव्हानमा ढुवानी अवरुद्ध नगरिएको दाबी गरे ।

उनले संहिता परिमार्जनको माग गर्दै चालकहरुले स्वतस्फुर्तरुपमा ट्यांकर नचलाएको जानकारी दिनुभयो । प्रदेश एकमा २ सय बढी पेट्रोल पम्पहरु रहेका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]