Sorry, your browser does not support JavaScript! संविधान दिवसलाई भव्य बनाउने एक नम्बर प्रदेश सरकारको तयारी - Merodesh.news

संविधान दिवसलाई भव्य बनाउने एक नम्बर प्रदेश सरकारको तयारी

विराटनगर २ असोज । तेस्रो संविधान दिवस एक नम्बर प्रदेश सरकारले अन्य प्रदेशको भन्दा उत्कृष्ट बनाउदै र संघियताको सहभागीता झल्काउने गरि भव्यता पुर्वक मनाउने तैयारी गरेको छ ।

संविधान दिवस

नयाँ संविधान अनुसार निर्वाचित भएर गठन भएको एक नम्बर प्रदेश सरकारको पहिलो औपचारिक कार्यक्रम समेत भएकोले संविधान दिवसलाई संघियताको सहभागिता झल्काउने गरि भव्य रुपले मनाउने तैयारी थालेको हो । एक नम्बर प्रदेश सरकारका प्रबक्त्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले ३ असोजको संविधान दिवसलाई पहिलो पटक राष्ट्रिय दिवस मानेर भव्य रुपमा मनाउन प्रदेश सरकार मातहतका सबै स्थानिय तह र प्रशासन ,प्रहरी , शसस्त्र प्रहरी , नेपाली सेना र अन्य कार्यालय, गैरसरकारी सँस्था र बिद्यालयहरुलाई निर्देशन भैसकेको जानकारी गराए । संघियताको अभ्याससँगै प्रदेश सरकारको पहिलो औपचारिक कार्यक्रम भएकोले भव्य र सभ्य बनाउन प्रदेश सरकारले सबै तैयारी पुरा गरिसकेकोले हजारौको सख्यामा मुल समारोह सम्पन्न हुने उनले बिश्वास गरे । उनले भने , — ‘ आगामी बर्षमा प्रदेश सरकारले राष्ट्रिय दिवसलाई अझै भव्य रुपले मनाउने परम्पराको सुरुआत पहिलो पटक गर्देैछौ कमीकमजोरी हुन दिनेछैनौ ।,

२,३ र ४ गते दिपावली गर्न निर्देशन

एक नम्बर प्रदेश सरकारका मुख्य सचिव केदार न्यायौपानले संविधान दिवसलाई भव्य वनाउन २ , ३ र ४ भदौमा साँझ तीन दिनसम्म दिपावली गर्न सरकारले निर्णय गरेको जानकारी गराए । उनका अनुसार २ असोजमा सबै सरकारी कार्यालय र नागरिकहरुको घर र संघसस्थाहरुको सरसफाई गरि राष्ट्रि झण्डा फराउने र ३ गते राजधानी बिराटनगरमा भव्य झाँकी र परेड सहितको संयुक्त्त उत्सव आयोजना गर्ने र अन्य जिल्ला र तहमा पनि उसैगरि सँयुक्त्त रुपमा संविधान दिवस मनाउने सरकारको तैयारी छ । ४ असोजमा चाँही प्रदेश भरिका बिद्यालयहरुले संविधानको सन्दर्भमा हाजिरी जवाफ र बक्तृत्वकला आयोजना गर्नेछन ।

मुख्य मन्त्रीको नेतृत्वमा ५०१ समारोह समिति

अनुसार संविधान दिवसलाई २ देखी ४ भदौसम्म तीन दिन मनाउन एक नम्बर प्रदेश सरकारले मुख्य मन्त्री शेरधन राईको संयोजकत्वमा ५ सय १ सदस्यि मूल समारोह समिति निर्माण गरेको छ । समितिका सदस्यहरुमा उच्च अदालत बिराटनगरका न्यायधिश, सभामुख प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, सचिवहरु, प्रतिपक्षी दलका नेता, मुख्य न्यायधिवक्ता, पृतना र गणपतिहरु उद्योगी, व्यपारी, पत्रकार, शिक्षक, कर्मचारी, सँघसस्था, बिद्यार्थी, किसान, मजदुर, खेलाडी, युवा, जेष्ठ नागरिक, महिला सञ्जाल लगायत सहभागी छन ।

समितिले बिराटनगरमा हजारौको सँख्यामा सहभागीता सहित ३ असोज बिहान साढे ७ बजे प्रदेश प्रमुखको उपस्थितीमा झाँकी र स्काउट, प्रहरी र सेनाको मार्चपास सहित उत्सव आयोजना गरेको छ । उक्त उत्वसवकै अवसरमा उत्कृष्ट झाँकी प्रर्दशन गर्ने समुदाय र बिद्यालयलाई पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्रदान गर्ने निर्णय पनि सरकारको छ । प्रदेश प्रमुखको आगमनमा बिराटनगरको शहिद रंगशालमा हुने समारोहको साजसज्जा गर्ने काममा बिराटनगर महानगरपालिका सक्रृय रुपले लागिपरिहेको प्रमुख प्रशासकिय अधिकृत कुमार दहालले बताए ।

बिरोध गर्नेलाई कानुन अनुसार कार्वाही

संविधान दिवसको दिन बिरोध कार्यक्रम गरेमा वा कालो झण्डा प्रर्दशन गर्नेलाई पक्राउ गरेर कानूनी कार्वाही गर्ने निर्णय एक नम्बर प्रदेश सरकारको छ । ‘संविधान सबैकालागि कानून पालनाकालागि भएकोले कानुन बिपरित जाने छुट कसैलाई हुदैन त्यसो भएमा हामी पक्राउ गरेर कानुन अनुसार कार्वाही गर्ने छौ ,— आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले भने ।

के के छन संबिधान दिवसमा कार्यक्रमहरु

२ असोज — स्थायी राजधानी बिराटनगर भित्र महानगरपालिकाले नगरको सरसफाई र श्रृगार गरि राष्ट्रिय झण्डा र व्यानर सजाउने । सबै सरकारी कार्यालय र घरहरुले सरसफाई गरि साँझ दिपावली गर्ने । पत्रकार महासंघ प्रदेश समितिले परिसम्बाद आयोजना गर्ने र जनचेतनामुलक प्रचारप्रसार गर्ने ।
३ असोज — सुर्यादयसँगै प्रदेश प्रहरीले बिगुज (रिभ्याली) बजाउने । शहिदहरुप्रति उच्च सम्मान गर्दै बिभिन्न मठ, मन्दिर, मस्जिद, बुद्धबिहार, गुरुद्धारा, चर्च लगायतका स्थानमा पुजापाठ र प्रार्थना गर्ने । निजी र सरकारी संचारमाध्यमबाट संविधान दिवस सम्बन्धि समाचार, बुलेटिन प्रकाशन प्रसारण गर्ने । बिहान साढे सात बजे बिराटनगरको शहिद रंगशालामा बिशिष्ठ व्यक्त्तिहरुको सहभागितामा मुल कार्यक्रम आयोजना गर्ने ।
४ असोज — बिभिन्न बिद्यालयहरुले संविधानको सन्र्दलाई पारेर हाजिरीजवाफ , बक्तृत्वकला प्रतियोता आयोजना गर्ने ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]