Sorry, your browser does not support JavaScript! भीम पराजुली आफैले फिर्ता गरे दुई उपसचिव - Merodesh.news

भीम पराजुली आफैले फिर्ता गरे दुई उपसचिव

विराटनगर, ३१ भदौ। विराटनगर महानगरपालिकाले केन्द्रबाट आएका दुई जना कर्मचारीलाई हाजिर नगरी फिर्ता पठाइएको छ । महानगरका मेयर भीम पराजुली आफैले हस्ताक्षर गरी केन्द्रबाट दरबन्दी अनुसार आएका दुई उपसचिवलाई फिर्ता पठाएका हुन् ।

महालेखा नियन्त्रण कार्यालयले विराटनगर महानगरको आन्तरिक लेखा परीक्षण साखाकालागि उपसचिव बिष्णु निरौलालाई पठाएको थियो । दुई महिना अघि महानगरको दर्बन्दीकालागि महालेखाले पठाएको कर्मचारीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफैले फिर्ता पठाएका हुन् । उपसचिव स्तरको दरबन्दी भएको लेखामा स्थानीय तहकै कर्मचारी सञ्जिब भट्टराई छन् । भट्टराई अधिकृत स्तरका कर्मचारी हुन् ।

मेयर भीम पराजुलीले महिला तथा बालवालिका साखामा संघिय सरकारले पठाएको उपसचिव स्तरकी कर्मचारी देवकुमारी खत्रीलाई पनि हाजिर नगरी फिर्ता पठाएका छन् । सर्लाहीबाट सरुवा भएर आएकी खत्रीको चिठी महानगरमा दर्ता भएको थियो । तर हाजिर गर्न नदिई उनलाई पनि फिर्ता पठाइएको हो ।

नियमत मेयरले कर्मचारी फिर्ता गर्न मिल्दैन् । प्रमुख प्रशासकिय अधिकृतले पत्र पठाउनु पर्ने हुन्छ । तर दरबन्दी अनुसार आएका कर्मचारी फिर्ता पठाउन प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले नमानेपछि मेयर पराजुली आफैले पत्रमा हस्ताक्षर गरी पठाएका स्रोतले जानकारी दिएिको छ । आफूपनि भष्ट्रचार गर्दिन र अरुलाई पनि गर्न नदिने बताउदै आएका पराजुलीले लेखा प्रणालि हेर्न आएका कर्मचारीलाई फिर्ता पठाएका हुन् । मेयर भीम पराजुलीले नया संगठानिक संरचना तयार भएपछि मात्र थप कर्मचारीलाई हाजिरी गर्न दिने बोर्ड बैठकले निर्णय गरेको जानकारी दिए ।

पुरानै संगठन संरचना अनुसार महानगरपालिका सञ्चालनमा रहेको बताउदै उनले बोर्डको बैठकले नया संरचना तयार पार्ने निर्णय गरेको बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु