Sorry, your browser does not support JavaScript! सत्र बर्षदेखी निरन्तर छात्रावृत्ति र शैक्षिक सामग्री सहयोग - Merodesh.news

सत्र बर्षदेखी निरन्तर छात्रावृत्ति र शैक्षिक सामग्री सहयोग

विराटनगर, २९ भदौ । समाजसेवी उद्योगी दिनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयकलाई सत्र बर्षदेखी निरन्तर छात्रृत्ति र शैक्षिक सामग्री प्रदान गर्दै आएका छन ।

छात्रावृत्ति

हरेक बर्ष झै यो बर्ष पनि उनले बालदिवसको अवसरमा विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयका ६ दर्जन बढी बिद्यार्थीलाई छात्रबृति नगद छात्राबृत्ति सहित बिद्यालयलाई दुई थान कमप्युर प्रदान गरे ।

उनले बुहारी सुमनदेवी गोयल छात्रबृति कोषबाट हरेक बर्ष झै यो बर्ष पनि कक्षा ९ र १० मा प्रथम,द्वितीय र तितृय हुने विद्यार्थीलाई ३ हजारका दरले र कक्षा ११,१२ मा प्रथम,द्वितीय र तृतिय हुने विद्यार्थीलाई ४ हजारका दरले छात्रबृति प्रदान गरेका हुन । सोही अवसरमा दुई थान कमप्युर गोयलले बिद्यालयका प्राचार्य धर्मानन्द खरेललाई हस्तान्तरण गरे ।

छात्रावृत्ति

समाजसेबी गोयलले आफनो बुहारी सुमनदेवी गोयलको स्मृतिमा १७ बर्ष अघि छात्रबृत्ति कोष स्थापना गरेका हुन । बालदिवसको अवसर पारेर सोही कार्यक्रममा सरकारले प्रदान गरेको रामनारायण मिश्र छात्रबृति कोषबाट कक्षा ११ र १२ अध्यनरत ३२ जना बिद्यार्थीलाई जनही ३ हजारका दरले नगद छात्रबृति प्रदान गरिएको थियो ।

विद्यालयले प्रदान गर्दै कक्षा ६ देखी १० सम्म प्रथम , दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई व्यवस्थापन समिति अध्यक्ष कुलचन्द्र वस्ती , शिक्षक अभिभावक संघ अध्यक्ष गणेश लम्साल र प्राचार्य धर्मानन्द खरेलले बितरण गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]