Sorry, your browser does not support JavaScript! नौ जनाको हकमा जिल्लाकै आदेश सदर, २४ को अझै अन्तिम आदेश हुन बाँकी - Merodesh.news

नौ जनाको हकमा जिल्लाकै आदेश सदर, २४ को अझै अन्तिम आदेश हुन बाँकी

सुन तस्करी र शनम शाक्य हत्या प्रकरण

विराटनगर, २८ भदौ । आदेश उल्टि गराउन माग गर्दै निबेदन दिने अभियुक्तहरु मध्ये पछिल्लो पटक दुई जनाको हकमा उच्च अदालत विराटनगरले जिल्ला अदालतकै आदेश सदर गरको छ ।

आदेश उल्टि गराउन माग गदै निबेदन गर्ने अभियुक्तहरु तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको हो । एयरलायन्स कर्मचारी थारुलाई मंगलबार र मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे)का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो । दुवै अभियुक्त्तहरु मोरंग जिल्ला अदालतको आदेशबाट ८ जेठबाट थुनामा छन ।

सुन तस्करी प्रकरण पेसी स्थगित

अभियुक्तहरु टेकराज मल्ल, पुण्यप्रसाद लामा, महाबिरप्रसाद गोल्यान, हेमन्त गौतम र राजन थापा, सम्बिरप्रसाद तोलाङगे र राजनकुमारको हकमा उच्च अदालतबाट जिल्ला अदालतकै कानुन बमोजिम गर्न उच्च अदालत बिराटनगरले अन्तिम आदेश गरिसकेको छ ।

यस्तै जिल्ला अदालते तारेखमा छाडेका एसएपी श्याम खत्रीका ड्राइभर र अंगरक्षकलाई पुन थुनामा राख्न आदेश गरिसकेको छ । जिल्ला अदालत मोरङले जवान बिष्णुबहादुरलाई १५ हजार धरौटी र हवल्दार अम्बर बहादुरलाई सादा तारेखमा रहेर पुर्पक्ष गर्न पाउने गरि छाडेको थियो ।

सुन तस्करी र सनम शाक्य हत्या आरोपमा जिल्ला अदालतको आदेश उल्टाउन माग गर्दै निबेदन दिने २४ जना थुनुवाहरुको हकमा अझै उच्च अदालत विराटनगरबाट अन्तिम आदेश हुन बाँकी छ ।

मोरङ अदालतका न्यायधीश नारायणप्रसाद शर्माको ईजलासले पहिलो पटक ८ जेठ २०७५मा ३० अभियुक्तमध्ये २८ जनालाई र त्यसपछि बिभिन्न मितिमा ६ जना र १३ भदौमा ५ गरि जम्मा ३९ जनालाई थुनामा राखेर पुर्पक्ष गर्नकालागि कारागार पठाउन आदेश गरेको थियो । हालसम्म ५ भदौमा पुर्पक्षमा भएका ५ सुन कारोवारी र मुख्य अभियुक्त्त गोरे बाहेक सबैले जिल्लाको आदेश बेरितको भन्दै रितपुर्वकको आदेश माग गदैे उच्च अदालत विराटनगरमा निवेदन गरेका थिए ।

एउटै इजलासमा मुद्दाको पेशी

निवेदन गर्नेहरु धेरै भएपछि उच्च अदालत विराटनगरले कानुन व्यवसायी र सरकारी बकिलको सहयोगमा एक भन्दा बढि ईजलासमा मुद्दाको पेशी तोक्ने गरेको थियो । तर प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले असन्तुष्टि जनाएपछि उच्च अदालतले एउटै इजलासमा पेशी तोक्न थालेको छ । मुद्दा फुटाएको भन्दै कानुन व्यवसायीहरुले केही दिन उच्च अदालतको बेन्च अघोषित रुपमा बहिष्कार पनि गरेका थिए । हाल एउटै इजलासमा सुन मुद्दाको सुनवाई हुदै आइरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]