Sorry, your browser does not support JavaScript! रोहित पुनको स्मृतिमा विराटनगरमा श्रद्धान्जलि सभा - Merodesh.news

रोहित पुनको स्मृतिमा विराटनगरमा श्रद्धान्जलि सभा

विराटनगर, २७ भदौ।  भदौ २४ गते हत्या गरिएका नेपाल तरुण दलको रोल्पा जिल्ला लिवाङ नगरपालिका सभापति रोहित पुनको स्मृतिमा विराटनगरमा श्रद्धान्जलि सभा गरिएको छ ।

नेपाल तरुण दल महानगर कार्यसमितिले उनको स्मृतिमा स्थानिय ट्राफिकचोकमा श्रद्धान्जलि सभा गरेको हो । नेपाली कांग्रेसका प्रदेश र जिल्लास्तरिय नेताहरुको समेत सहभागितामा सभा गरिएको हो । कार्यक्रममा मैनबत्ती बालेर पुनलाई श्रद्धान्जली अर्पण गरिएको थियो । सो अवसरमा बोल्दै प्रदेश एक सभा सदस्य बिन्द्या कार्कीले पुनको हत्या कायरतापुर्ण भएको भन्दै घटनाको भत्र्सना गरे । उनले हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्नुभयो । देशमा दिनकादिन हत्याहिंसा बढदै गएपनि सरकारले नियन्त्रण गर्ने प्रयास नगरेको उनको भनाई थियो । कार्यक्रमका सहभागिले हत्याहिंसाको बिरोधगर्दै कालो पट्टि बांधेका थिए ।

सो क्रममा मृतक पुनलाई श्रद्धान्जली दिंदै एक मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष संजय थापा प्रभाकर, कोषाध्यक्ष अनितालक्ष्मी रिजाल सहितका तरुण नेताहरुले आफ्ना धारणा राखे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]