Sorry, your browser does not support JavaScript! प्रधानमन्त्रीले उद्घाटन गरेको १५ दिन नपुग्दै बायोग्यास प्रान्टमा समस्या, ग्यास बितरण रोकियो - Merodesh.news

प्रधानमन्त्रीले उद्घाटन गरेको १५ दिन नपुग्दै बायोग्यास प्रान्टमा समस्या, ग्यास बितरण रोकियो

विराटनगर, २७ भदौ।   प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बायोग्यास प्लान्ट एक महिना नपुग्दै उत्पादन रोकिएको छ । गत भदौ ५ गते ओलीले उद्घाटन गरेको ग्यास प्लान्टमा प्राबिधिक समस्या आएपछि ग्यास बितरण प्रकृया तत्काललाई रोकिएको हो ।

बायोग्यास

विराटनगर– १४ जतुवामा रहेको श्रीकृष्ण गौ सेवा सदनमा रहेका गाइहरुबाट उत्पादित गोबरको प्रयोगबाट ग्यास उत्पदान सुरु गरिएको थियो । गौशालाबाट उत्पादित ग्यास पाइपलाइनबाट ३२ घरमा बितरण गरिएको छ भने ४८ घरमा पाइप जडानको प्रकृयामा रहेको छ ।

गत भदौ ५ गते श्री कृष्ण गौ सेवा सदनबाट उत्पादीत बायो ग्यास वितरण प्रकृयाको उद्घाटन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ‘३२ घरले सिलिण्डरको बिदाई गरिसके ४८ले चाडै बिदा गर्नेछन् ।’

प्रधानमन्त्रीले भने जस्तै विराटनगर १४ का ३२ घर परिवारले सिलिण्डरलाई बिदाई गर्ने तयारी गरेका थिए । तर प्रधानमन्त्रीले उदघाटन गरेको एक महिना दिन बित्न नपाउदै प्राबिधि समस्याका कारण ग्यास बितरण रोकिएपछि फेरी सिलिण्डर नै प्रयोग गर्न थालेका छन् ।

उदघाटन गरेको सञ्चालनमा रहेको प्लान्टमा प्राबिधिक समस्या आएपछि केहीदिनयता मर्मतकालागि उत्पादन रोकिको गौसेवा समितिका अध्यक्ष संकर अग्रवालले जानकारी दिए । प्राविधिक टोलीले काम गरीरहेको बताउदै उनले केहीदिन भित्र पहिले जडान गरिएका ३२ घरकालागि ग्यास बितरण सुरु गर्ने बताए ।

बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास बितरण गर्दा बिजुली गडबड हुदा ‘मेम्ब्रेम’मा समस्या आएपछि मर्मतकालागि बन्द गरिएको हो । नियमित ग्यास आपूर्ती गर्न २४ घण्टा बिजुली आवश्यक पर्छ । तर गौशालास“ग जेनरेटर छैन् । जिल्ला समन्वय समितिले विराटनगर महानगरपालिका मार्फत दिने भनेको जेनेरेटर अझै पुगेको छैन् । जेनेरेटर नहुदा नियमित बितरण प्रकृया रोकिएको हो । प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि सिड कन्सटेण्ट एण्ड इन्जिनियरीङ प्राइभेट लिमिटेड दिल्लीबाट इन्जिनियर सुमित कुमार सहितको टोलीले मर्मत गरिरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]