Sorry, your browser does not support JavaScript! २६ मुखी रुद्राक्षको जिल्ला निकासी कर ३५ हजार, एक मुखीको कति ? - Merodesh.news

२६ मुखी रुद्राक्षको जिल्ला निकासी कर ३५ हजार, एक मुखीको कति ?

विराटनगर, २६ भदौ । प्रदेश १ का पहाडी जिल्लाहरु अलैचीसँगै रुद्राक्ष उत्पादनमा अगाडी छन् । पूर्वी पहाडी जिल्लाको रुद्राक्ष किन्न भारतीय तथा चिनिया ब्यापारीहरु कृषकको घर घर सम्म नै पुग्छन् ।

रुद्राक्ष

कृषकको घर पुगेर ठेकेदारले खरिद गरेको रुद्राक्षको दानाको कर कति तिर्नु पर्छ ? पाँचसय, हजार भन्ने सोच्दै हुनुहुन्छ भने तपाइएको सोच गलत छ । प्रदेश सरकारले चालु आर्थिक बर्षदेखि जिल्ला निकासी कर एउटा रुद्राक्षको ३५ हजार रुपैया तोकेको छ । प्रदेश सरकारले लागु गरेको आर्थिक ऐनमा रुद्राक्ष जिल्ला निकाशी गर्दा २६ र २७ मुखी रुद्राक्ष प्रतिगोटाको ३५ हजार रुपैया कर तोकेको हो ।

प्रदेश सरकारले आर्थिक बर्ष २०७५–७६ देखि २६ र २७ मुखी रुद्राक्षको मुल्य ३५ हजार तोक्दा एक मुखी रुदाक्षको कर भने तोकेको छैन् । त्यस्तै २२, २३, २४ र २५ मुखी रुद्राक्ष प्रतिगोटा १९ हजार, २१ मुखी रुद्राक्ष जिल्ला निकासी गर्दा २५ हजार रुपैया कर तोकेको छ । सरकारले १८ मुखीलाई १ हजार ९ सय, १९ मुखीलाई ५ हजार ५ सय रुपैया र २० मुखेलाई ९ हजार पाचसय रुपैया निकाशी शुल्क तोकेको छ । २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ मुखी रुदाक्षको जिल्ला निकाशी शुल्क २ रुपैया देखि १९ सय रुपैया सम्म निर्धारण गरिएको छ ।

एक मुखे रुद्राक्षको भने  जिल्ला निकाशी कर निसुल्क गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]