Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : सुन मुद्दाको बहस सुरु - Merodesh.news

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : सुन मुद्दाको बहस सुरु

विराटनगर, २४ भदौ। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङको आदेश बदरको माग सहित परेको २६ वटा निवेदनमाथी बहस सुरु भएको छ ।

उच्च अदालत विराटनगरका न्यायधिस खिलबहादुर कार्की र उमेशकुमार सिंहको ३ नम्बर बेञ्चमा मुद्दाको बहस सुरु भएको रजिस्टार नारायण रेग्मीले जानकारी दिए । जिल्ला अदालत मोरङको आदेश पछि थुनामा रहेका निलम्बित प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, दिवेश लोहनी, प्रहरी उपरीक्षक बिकाशराज खनाल, प्रहरी नायव उपरीक्षक संजयबहादुर राउत प्रजितकेसी, पूर्ब डिआइजी गोविन्द प्रसाद निरौला, सई बालकृष्ण सञ्जेलसहित २६ जनाले जिल्लाको आदेश बदरको माग सहित १७ नम्बर निवेदन दिएका छन् ।

आइतबारबाट नियमित बहस सुरु हुने बताइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]