Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेश सरकारले बनायो शुसासनको प्रत्याभूति दिलाउने कानुन - Merodesh.news

एक नम्बर प्रदेश सरकारले बनायो शुसासनको प्रत्याभूति दिलाउने कानुन

विराटनगर, २४ भदौ । प्रत्येक मन्त्रालयमा शासकिय सुधार ईकाई गठन गर्ने व्यवस्था सहित एक नम्बर प्रदेश सरकारले शुसासनको प्रत्याभुति गर्ने कानुन निर्माण गरेको छ ।

प्रदेश नं १ टिनएज क्लब एक नम्बर प्रदेश

एक नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुसासनको प्रत्याभुति गर्ने सम्बन्धमा बनेको बिधेयक २२ भदौमा प्रदेश सभामा पेश गरेको छ । ४६ दफा रहेको उक्त्त बिधेयकमा प्रदेश सरकारका सबै मन्त्रालयहरुमा शासकिय सुधाई ईकाई गठन गर्नेदेखी सेवाग्राहीलाई क्षतिपुर्ति दिनेसम्मको व्यवस्था उल्लेखछ । यसैगरि उक्त्त बिधेयककमा प्रदेश सरकारको मातहतमा काम गर्ने कर्मचारीहरुले बिदेशमा बैक खाता खोल्नुपरेमा अनिवार्य सरकारको स्विकृती लिनुपर्नेदेखी मुख्य मन्त्रीले हरेक बर्ष प्रदेश सभामा शुसासनको अवस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुपर्ने नियम पनि छ ।

उक्त्त बिधेयकमा सेवाग्राहीलाई सेवाकै कारण नोक्सानी भएमा क्षतिपुर्ति दिनुपर्ने, कर्मचारीहरुलाई प्रदेश सरकारले अतिरिक्त्त सुबिधा दिनसक्ने, सबै कार्यालय र मन्त्रालयहरुले मासिक प्रतिबेदन तैयार गर्नुपर्ने, सबै कार्यालयहरुले नागरिक वडापत्र राख्नुपर्ने, सेवाग्राहीलाई शिष्ट व्यवहार गर्नुपर्ने पनि व्यवस्था छ ।

सभामा प्रेश भएर सैद्धान्तिक छलफलका क्रममा रहेको उक्त्त बिधेयकमा समाजिक न्यायको आधारमा सेवा शुल्क निर्धारण गर्नुपर्ने हरेक कार्यालयमा सूचना अधिकारी र प्रबक्त्ताको व्यवस्था हुनुपर्ने, कामलाई प्रभावकारी बनाउन सल्लाहकार नियुक्त्त गर्न सक्नेदेखी कामको जिम्मा लिने व्यक्त्तिबाट हानिनोक्सानी भएमा सरकारले बिगो अनुसारको जरीवना र क्षतिपुर्ति भराउनुपर्ने पनि उल्लेख छ । यसैगरि प्रदेश सरकारको काम कार्वाहीलाई जिम्मेवार र जवाफदेही बनाउनकालागि प्रमुख प्रदेश सचिवको नेतृत्वमा अनुगमन समिति निर्माण गरि परिचालन गर्ने व्यवस्था पनि बिधेयकमा रहेको छ ।

शुसासन बिधेयकमा सबैतहका कर्मचारी र कार्यालय प्रमुखको जिम्मेवारी, निर्वाह गर्नुपर्ने कर्तव्य र पालना गर्नुपर्ने कार्याबिधि समयको पालनामा पनि जोड दिइएको छ । यसैगरि पेशागत आचारण अधिकार त्यायोजन घुम्ती सेवा सञ्चालन सार्बजनिक सुनवाई र सेवालाई प्रबिधि मैत्री बनाउने कुरा पनि उल्लेख छन । बिधेयकका दफाहरुमा सरकारी कार्य पछौट गर्ने र निरिक्षण गर्ने व्यवस्था पनि गरिएको छ ।

प्रदेश सरकारका आन्तकिर मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले शुसासन बिधेयक पारित भएर कानुन निर्माण भएपछि प्रदेश सरकारले प्रदान गर्ने नागरिक सेवामा सरलिकरण हुने र कार्यसम्पादनमा प्रभावकारीता आउने बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]