Sorry, your browser does not support JavaScript! दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन भारत भ्रमणः अध्यक्ष प्रचण्ड - Merodesh.news

दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन भारत भ्रमणः अध्यक्ष प्रचण्ड

नयाँ दिल्ली, २२ भदौ । भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा छन् ।

क्रान्ति अध्यक्ष प्रचण्ड

भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उनले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् । छलफलमा अध्यक्षले भने, सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो ।

उनले हाल दुई देशका बीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गरे। उनले बदलिएको परिस्थितिमा नेपाली कार्यवहाक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह समेत गरे। प्रवासी नेपालीसँग भेटघाटको व्यवस्था मिलाएकोमा कार्यावहाक राजदूत तथा दूतावासका कर्मचारीहरुमा धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा प्रवासी नेपालीहरुले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याका बारेमा पनि समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]