Sorry, your browser does not support JavaScript! स्थानीय सरकारको शैक्षिक विकास अभियान - Merodesh.news

स्थानीय सरकारको शैक्षिक विकास अभियान

ओखलढुङ्गा, २२ भदौ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी र सामान्यज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो ।

स्थानीय सरकार

गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको जानकारी समेटिएको पुस्तक प्रकाशन गरेर पालिकाभित्रका सबै विद्यालयमा अनिवार्य अध्ययन अध्यापन गराउनुपर्ने गरी लागू गरिएको गाउँ शिक्षा समिति संयोजक उज्ज्वन बुढाथोकीले जानकारी दिनुभयो ।

“स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर स्थानीय भाषा र विषयवस्तु समेटिएको पुस्तक प्रकाशन गरेर लागू गर्न पाउने नियम छ”, अनुगमन समितिका संयोजकसमेत रहनुभएका बुढाथोकीले भन्नुभयो, “शैक्षिक सुधारको अभियानअन्तर्गत पाठ्यपुस्तक प्रकाशन गरेर लागू गरिएको हो । यसले स्थानीय अवस्थाबारे पनि जानकारी दिनेछ र अध्ययन अध्ययापनमा पनि सहजता ल्याउने छ ।” प्रकाशित पाठ्यपुस्तक उक्त गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा निःशुल्क पठाइएको उहाँको भनाइ छ ।

चालु शैक्षिक सत्रमा कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू भएको र आगामी शैक्षिक सत्रदेखि क्रमशः माथिल्लो कक्षामा स्थानीय पाठ्यपुस्तकमार्फत पठनपाठन हुने गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । “सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास घट्दो छ । यो अवस्था सुधारका लागि हामी प्रयास गरिरहेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो, “दुई वर्षभित्रमा चम्पादेवीका सबै सामुदायिक विद्यालय नमूना बनाउने गतिमा काम भइरहेको छ ।” उक्त गाउँपालिकाभित्रका ४२ विद्यालयमा कक्षा एकमा पढ्ने करीब ५५० विद्यार्थी छन् । उनीहरू सबैले यस वर्ष स्थानीय विषयको पुस्तक पढ्न शुरु गरेका छन् ।

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ । प्रकाशित स्थानीय विषयको पाठ्यपुस्तक र शैक्षिक क्यालेण्डर गाउँपालिका अध्यक्ष नवराज केसीले यहाँ आयोजित एक कार्यक्रममा लागू भएको घोषणा गर्नुभएको छ । उक्त गाउँपालिका स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेर लागू गर्ने जिल्लाको पहिलो स्थानीय सरकार हो । शैक्षिक विकास र गुणस्तर सुधारका लागि १५ बुँदे कार्यक्रम तय गरेर काम गरिरहेको पनि बताइएकोे छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]