Sorry, your browser does not support JavaScript! पुर्व सेनाले नौ बर्ष लगाएर गरे पुराना लिपीको ईन्टरनेटमा संरक्षण - Merodesh.news

पुर्व सेनाले नौ बर्ष लगाएर गरे पुराना लिपीको ईन्टरनेटमा संरक्षण

विराटनगर, २१ भदौ । ३४ बर्ष भारतीय सेनामा काम गरेपछि उनी रिटार्यड भए । धरानको बाँजगरामा स्थायी बसोवास थाले । पितृ सम्मानकालागि आमा बुबाको सम्झनामा मन्दिर बनाए । शिलालेख राख्ने बेलामा कालिगढले राखेको ‘ऊँ ’अक्षर चित्त बुझदो भएन । कमप्युटर ईन्जिनियरहरुकोमा पुगेर चित्त बुझदो अक्षरको खोजीमा लागे तर फेला पारेन । यसैले आफै लोप भैरहेका पुराना शुद्ध देवनागरि लिपीका शब्दहरु खोज्न लागिपरे । नौ बर्ष निरन्तर मेहनत गरेपछि सफलता प्राप्त भयो । अहिले उनले लोप हुन लागेका २५ भन्दा बढी पुराना देवानागरि लिपीहरुलाई डिजाइन गरेर ईन्टरनेटमा राखिदिएका छन । जसले नेपाली भाषा र देवनागरि लिपिको शुद्ध लेख्न सहयोग पुरयाइहेको छ । उनले बिकास गरेका १७ वटा नेपाली र ८ वटा अग्रेजी फ्रन्टहरु ईन्टरनेटको डव्लु डब्लु डट बिआईटी डट एलवाई – जेडी – फन्टस (www.bit.ly/jd-rai-fonts) लिँक लगअन गरेर फेला पार्न सकिन्छ ।

यसरी नेपाली भाषाको देवानागरि लिपीको अक्षर रुप सुधार गरेर संरक्षण गर्न लागिपर्ने व्यक्त्ति हुन ६२ बर्षीय क्याप्टेन जीवनध्वज राई । उनले देवानागरि मात्र हैन नेपाली, अङ्ग्रेजी, सिरिजङगा लिपिका अक्षर रुप पनि शुद्ध डिजाइन गरेका छन । उनको लक्ष्य बाँजुन्जेलमा एक सय अक्षररुपहरु बिकास गरेर ईन्टरनेटमा राखिदिने छ ।
क्याप्टेन जीवनध्यवजलाई नेपाली भाषामा प्रयोग भैरहेका फन्टहरु पटक्कै मन परेको छैन ।

उनि धरै पत्रपत्रिकाहरुले प्रयोग गर्ने फन्ट र शव्दहरुको डिजाइन पनि शुद्ध नभएको बताउँछन । यसैले उनि सबैले भाषाको अक्षर रुपको शुद्धतालाई ख्याल गर्नुपर्नेमा उनि जोड दिन्छन । भन्छन, -“बाँसको कलमले लेखिएका देवानागरि लिपीका अक्षर रुपहरुलाई कमप्युटरमा डिजाइन गरेर ईन्टरनेटमा राख्नेछु ताकी भोलिको पुस्तालाई पनि थाहा होस लिपी यस्तो पनि रहेछ भनेर ।”

सेनामा हुँदा पनि उनको केही न केही सृजनात्मक काम गरिहने बानी थियो । जुन पछि रिटायर्ड भएपछि झन काम लाग्यो । बाबु आमाको नाममा मन्दिरमा शिलालेख राख्ने क्रममा ऊँ अक्षर शुद्ध नभेटेपछि खोजी गदै जाँदा उनी अन्तिममा कम्पुटर ईन्जिनियर प्रकाश उप्रेतीकहाँ बिराटनगर पुगे । त्यहाँ पनि उनले आफुले चाहे जस्तो अक्षर फेला पार्न सकेनन् । त्यसपछि उनले नेपाली भाषाका पुराना लिपी सबै लोप हुदै गएकोमा चिन्ता गरे ।

ईन्जियिनर प्रकाशले उनको हुटहुटीलाई बुझेर एउटा सफटबेयर प्रदान गरे । सफटबेयरमा क्याप्टेन जीवनध्यजले एक बर्ष अम्यास गरे । एक बर्षपछि उनि सफटबेयर चलाउन पोख्त बने । अनि उनले अक्षरहरु खोजेर डिजाइन गर्न थाले । सफलता प्राप्त भएरै छाडयो । पछि उनले सफटबेयर दिएर सहयोग गर्ने ईन्जिनियर प्रकाशकै नाममा सफटबेयर नामाकरण गरिदिएका छन – ‘जेडिआर प्रकाश ।’

कमप्युटरीकृत प्राणालीले देवनागरि लिपीको नेपाली भाषा लेख्न जति सजिलो बनाइदिएको छ उति नै चिन्ता पुराना लिपीहरुको संरक्षण नहुदा पनि भैरहेको छ । अझै पनि श्लोक लेख्दा प्रयोग गरिने अन्तको बिराम पाइदैन । जसले श्लोक शुद्ध उच्चारण हुन सक्दैन । यस्ता धेरै शव्दहरु छन जुन अझै कमप्युटरमा फेला पार्न सकिदैन । जसलेगर्दा सहि उच्चरण अनुसार लेख्न पनि पुराना अक्षरहरु नहुँदा समस्या हुने गरेको छ । पुराना अक्षर रुपहरुको नयाँ कमप्युटरीकृत प्रणालीको माध्यमबाट देवानागरि लिपी प्रयोग गर्ने (नेपाली, मैथिली, हिन्दी, भोजपुरी ) सबै भाषाहरुको शुद्धिरण र संरक्षणकालागि मात्र नभएर हिन्दु अरबिक सँख्यामा पनि सहयोग पुग्ने व्याकरणका जानकार रामअधिन यादब बताउँछन ।

देवता, हिमाल र नदीहरुको फन्टहरुको नाम

फन्टहरुको नाम पनि मौलिक राखेका छन । उनले आमाबुवा, देवी देवता, नदीहरु, हिमाल र पहाड आदिको नामा नामाकरण गरेका छन । उनको (www.bit.ly/jd-rai-fonts)  लिँकमा गएर ईन्टरनेटमा फन्टहरु फेला पार्न सकिन्छ । जसलाई लाउनलोड गरेर आफनो कम्युटरमा इन्स्टल गरेर निशुल्क निर्धक्क प्रयोग गर्न सकिन्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु