Sorry, your browser does not support JavaScript! विराटनगर महानगरपालिकामा बम विस्फोट गराउने तीन जना पक्राउ (अपडेट) - Merodesh.news

विराटनगर महानगरपालिकामा बम विस्फोट गराउने तीन जना पक्राउ (अपडेट)

विराटनगर, १७ भदौ।  साउन २७ गते विराटनगर महानगरपालिका भवनमा गराइएको बम बिस्फोटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बम विस्फोट

महानगरपालिकामा बम विस्फोट गराएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको ब्यक्तिहरुमा सिरहा लक्ष्मीपुर परतार गांउपालिका ३ का २० बर्षिय अभिमन्यु गिरी,मोरङको जहदा गांउपालिका वडा नम्बर २ हरीनगराका ५३ बर्षिय मनोजकुमार सिंह र सिरहा नगरपालिका ५ सुखिपुरका २४ बर्षिय रामरिझन यादव रहेका छन । पक्राउ गरिएका तीनै जनालाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजनागरि सार्वजनिक गरेको छ । सो बिषयमा पत्रकार सम्मेलनमा जानकारी दिनुहुंदै मोरङ प्रहरीका एसपी मनोज केसीले जनतान्त्रीक तराई मुक्ति मोर्चा क्रान्तिकारीको योजना अनुसार बम बिस्फोट गराइएको अनुसन्धानको क्रममा खुलेको बताए ।

जनतान्त्रीक तराई मुक्ति मोर्चाका बिक्की भन्ने वीरेन्द्र यादव समेतको सहभागितामा भारत विहार राज्यको दरभंगामा गएको जेष्ठ महिनामा बनेको योजना अनुसार महानगरपालिकामा बिस्फोट गराइएको उनले बताए । रिमोट कन्ट्रोलबाट बम बिस्फोट गराइएको एसपी केसीले बताए ।

सर्वसाधारणमा त्राश फैल्याउन घटना गराइएको अनुसन्धानमा खुलेको एसपी केसीले बताए । घटनाकोदिन बम बिस्फोट गराउन मोरङको जहदाका मनोज सिंहले चलाएको मोटरसाइकलमा सिराहाका अभिमन्यु गिरीले बम बोकेर महानगरपालिका कार्यालय प्रवेश गरेको अनुसन्धानको क्रममा खुलेको छ । पुर्व निर्धारित योजना अनुसार मेयरको कार्यकक्ष छेउको प्यासेजमा बम राखिसकेपछि महानगरको मुल गेट बाहिर बसेका सिराहाका रामरिझन यादवले रिमोट थिचेर बम बिस्फोट गराएको जनाइएको छ ।

यसअघि घटना घटाउन सिराहाका दुइजना बस चढेर विराटनगर आएको र उनिहरुलाई दुइवटा मोटरसाईकलमा महानगरसम्म ओसारिएको खुलेको छ । घटना घटाएपछि फेरी चारैजना बाइक चढेर गएका र दुईजना बस चढेर फेरी सिराहातर्फ गएको अनुसन्धानको क्रममा खुलेकोे छ ।

घटना घटाउन बिहारको बथनाहाबाट चोर बाटो प्रयोगगरि एकदिन अघि मनोजसिंहले बम विराटनगर ल्याएको र एकदिन आफ्नो घरमा राखेपछि भोली पल्ट सिराहाबाट आएका ब्यक्तिहरुसगै बम लिएर महानगरपालिका प्रवेश गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न रहेका मुल योजनाकार जनतान्त्रीक तराई मुक्ति मोर्चाका कार्यकर्ता बिक्की भन्ने विरेन्द्र यादव अझै फरार रहेका छन भने घटनामा संलग्न मोर्चाकै कार्यकर्ता रामरिझनलाई प्रहरीले अन्य दुुई संगै पक्राउ गरेको छ । पक्राउ गरिएका अन्य दुई मनोज सिंह र अभिमन्यु गिरिलाई पैसाको प्रलोभनमा घटनामा प्रयोग गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]