Sorry, your browser does not support JavaScript! कृषिमा परनिर्भरता, आकासिदो आयात र हाम्रो कृषि रणनिती - Merodesh.news

कृषिमा परनिर्भरता, आकासिदो आयात र हाम्रो कृषि रणनिती

कुनै बेला धान चामल निकासी गर्ने देश रायोको साग देखि पिठो सम्म आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । नेपालले आ.ब. २०७४-७५ मा १ खर्ब ५ अर्ब र ४२ करोडको कृषि बस्तु आयात ग¥यो रे ! २०३५-३६ सालमा २४ करोण ३८ लाखको चामल निर्यात गरेको देशले गत आ.ब. मा धान चामलमात्र २९ अर्ब ३६ करोडको आयात गरेछ । धान चामललाई मकै (११ अर्ब ९१ करोड), तरकारी (११ अर्ब ६० करोड) र माछामासु (५ अर्ब ८० करोण) को आयातले पछयाईरहेका छन ।

कृषि

धान चामलकै हाराहारीमा खानेतेलको (२८ अर्ब ३१ करोण) आयात छ । भन्सार विभागले दिएको यो तथ्याङ्कलाई अझ गहिरिएर केलाउदै जाने हो भने हामीले बिदेशबाट आयात नगर्ने के चै रहेछ भनेर सोच्नुपर्ने हुनजान्छ । अन्नपूर्ण पोस्टको सम्पादकियले यो तथ्यांकले मुलुकको वास्तविक अवस्था मात्र उजागर गर्दैन कृषि क्षेत्रमा राज्यले अपनाएको नीति पूर्णतः असफल भईसकेको प्रस्ट पारेको उल्लेख गरेको छ ।

हामी कसरी यो अवस्थामा आईपुग्यौ त भनेर गहिरिएर सोच्ने बेला बितिरहेकोछ । तर कृषि मन्त्रालय तथा माथिल्ला निकायमा बसेर कृषिमा एकदुई बर्ष भित्रै आनकोतान परिवर्तन गर्छौ भनेर गुड्डि हाक्नेहरु थाकेका छैनन । उनीहरुको भाषा, सोच, कार्यसैली केहि बदलेको छैन । हामी कतै चुक्यौ कि, हामीले आफनो बर्तमान सोच र कार्यसैली बदल्नु पो पर्छ कि भन्ने सोचाईसम्म उनीहरुमा आएको पाईदैन ।

हाम्रा कार्यक्रमहरु र रणनितिहरुले किन परिणाम दिन सकेनन भनेर गहिरिएर समिक्षा गर्ने जाँगर कसैमा देखिदैन । कृषि बिकासको नाममा बजेट बढाएर वा विभिन्न नामका परियोजनाहरु ल्याएर मात्र हाम्रो कृषिमा परिवर्तन संभव छैन भन्ने कुरा हाम्रा बिगतका कार्यक्रम र तिनिहरुले दिएका परिणामले पुष्ठि गरिसकेका छन । हामीले आसा गरेको रुपान्तरणको लागि हामीले सर्बप्रथम बदल्ने भनेको हामी आफैलाई, हाम्रो काम गर्ने तरिकालाई र हाम्रो सोचलाई हो ।

के अब संभव छैन त परिवर्तन ? मज्जाले संभव छ यदि हामीले साच्चै परिवर्तन चाहेको हो भने र हामी परिवर्तनको लागि लागिपर्ने हो भने । परिवर्तनको लागि पहिलो ५ बर्ष हामी हाम्रो रणनितिलाई धान, मकै, तरकारीहरु र माछामा केन्द्रित गर्न सक्छौ । हाल मुख्य सिजनमा धान खेती भैरहेको करिव १४ लाख हेक्टरमा हामीले प्रति हेक्टर ५०० देखि ७५० किलोग्राम थप उत्पादन बढाउने लक्ष्य सजिलै भेटाउन सक्छौे । अथवा धान खेती हुने आधा क्षेत्रफलको उत्पादन १००० किलोग्राम प्रतिहेक्टरका दरले बृद्धि गर्ने वा २५ प्रतिशत क्षेत्रफलमा धानको उत्पादन प्रति हेक्टर दुई टनको दरले बढाउने कुरा संभव छ । यस्ता लक्ष्यहरु हामीसबै लागि पर्ने हो भने सजिलै भेटाउन सकिन्छ । त्यस अलावा चैते धानको क्षेत्रफल र उत्पादन बढाएर दुई देखि तिन लाख टन थप धान उत्पादन बढाउन सकिन्छ ।

२०७२- ७३ सालमा जिल्ला कृषि बिकास कार्यालय मोरङ्गले संचालन गरेको बृहत धान उत्पादन कार्यक्रममा सामेल भएका चैते सिजनमा धान खेतीगर्ने किसानहरु मध्ये तत्कालिन ६ गाँउ बिकास समितिका १४१ जना कृषकहरुको उत्पादन रेकर्डको आधारमा उक्त कार्यक्रमको समिक्षा गरिएको थियो । यो कार्यक्रममा सामेल हुने किसानहरुले आफुले खेतीगर्ने धानको कलिलो बिरुवालाई लाईनमा रोप्ने र गोडने औजारको सहायताले गोडमेल गर्ने तरिका प्रयोग गरेका थिए । उनीहरुको धानको सरदर उत्पादन ५.५ टन (२.८ देखि ९ टन सम्म) प्रति हेक्टर रहेको थियो ।

त्यो कार्यक्रमको उपलब्धीलाई अझ गहिरियर हेर्ने हो भने जम्मा ८.५ प्रतिशत कृषकहरुको उत्पादन मात्र ४ टन प्रति हेक्टर भन्दा कम थियो । ३२.६ प्रतिशत किसानहरुले ४ देख ५ टन प्रति हेक्टर, २६.२ प्रतिशतले ५ देखि ६ टन प्रति हेक्टर धान फलाएका थिए । बाँकि ३२.६ प्रतिशत किसानहरुको उत्पादन ६ टन प्रति हेक्टर भन्दा धेरै थियो । यो कार्यक्रमको उपलब्धी हेर्दा हामीले सजिलैसंग धानको उत्पादकत्व ५ टन प्रति हेक्टर भन्दा माथि लैजान सकिन्छ । त्यो काम संगसगै आयात प्रतिस्थापनको लागि हामीले गर्नुपर्ने अर्को काम भनेको मसिनो धानको उत्पादन हो । उपयुक्त मसिनो जातहरुको छनौट, धानको लम्बाई सुहाउदो चामल उत्पादन गर्ने कारखाना र आधुनिक भण्डारण क्षमताको बिकास हामीले तुरुन्तै गर्नुपर्ने अन्य कार्यहरु हुन ।

जुनसुकै जिल्लामा पनि धान खेती गरिरहेका कृषकहरुको धानको उत्पादकत्वमा धेरै भिन्नता रहेको छ । तर त्यो भिन्नतालाई उनीहरुले प्रयोग गरिरहेको मलखाधको मात्रासंग जोडेर हेर्दा मलखाधको मात्रा र धानको उत्पादकत्वमा खासै सम्बन्ध देखिदैन । मोरङ्ग जिल्लामा गरिएको एक अध्ययनबाट यहाँ ३ टन प्रति हेक्टर फलाईरहेका कृषकहरु र ५ टन भन्दा धेरै प्रति हेक्टर फलाईरहेका कृषकहरुले प्रयोग गर्ने जम्मा रसायनिक मल, नाईट्रोजनमा खासै भिन्नता पाईएन । फस्फोरस प्रयोगमा केहि भिन्नता देखिए पनि तात्विक भिन्नता पाईएन ।

यो तथ्याङ्कलाई गहिरियर हेर्ने हो भने हाम्रा कृषकहरुले गरिरहेकै मलखाधको उचित प्रयोगबाट हामीले धान उत्पादनमा उल्लेखनिय फडको मार्ने संभावनालाई देखाउछ । ठिक समयमा ठिक तरिकाले ठिक मात्रामा मलखाधको प्रयोगले हाम्रो धानको बर्तमान उत्पादकत्वलाई सजिलै १ देखि २ टन प्रति हेक्टर बढाउन सकिन्छ । यसका लागि रसायनिक मल र प्राङ्गारिक मलको संयुक्त प्रयोग, नाईट्रजन मलको धानको अवस्था अनुसार २ देखि ३ पटकको प्रयोग र पानीको ठिक प्रयोग गर्नुपर्ने देखिएको छ ।

माथीका अध्ययनहरुको नतिजाले देखाउने कुरा र केहि दशक अगाडीसम्म हाम्रै जस्तै अबस्थामा धान उत्पादन गरिरहेका तर हामीले धान चामल निर्यात गरिरहदा चामल आयात गर्ने देशहरुले बिगतमा गरेको उपलब्धीले पनि हामीले आफुलाई चाहिने धानको आपूर्ति सजिलै गर्न सकिन्छ भन्ने देखिन्छ । हामीले देख्दा देख्दै चामल आयात गर्न देशहरु बंगलादेश आत्मनिर्भर भएको छ भने भारत र भियतनाम आफुलाई पु¥याएर चामल निर्यात गर्ने मुख्य देशहरु बनेका छन । हामी जस्तै देशहरुले यो परिवर्तन गर्न सक्छन भने हामीले किन नसक्ने ? हामी चुकेको वा हामीले गर्न नसकेको कुरा भनेको उदेश्य केन्द्रित भएर गरिने ईमादार प्रयास नै हो । परिवर्तन संभव छ ।

मकै माग अनुसारको आपूर्तिको लक्ष्य गाह्रो छैन । हामीले मोरङ्ग जिल्लामा संचालन गरेको मकै मिसन कार्यक्रम र बीउमा नगद अनुदानको ब्यवस्थाबाट हिउदे मकै खेतीको क्षेत्रफल छोटो समयमै हजारौ हेक्टरमा बिस्तार गर्न सकिने र २.५ मेट्रिक टन प्रति हेक्टरको सरदर उत्पादकत्वलाई सजिलै ६ मेट्रिक टन प्रति हेक्टरमा पु¥याउन सकिने देखिएकोछ । तर मकै मिसनको झन्झटिलो कागजी कार्यविधि र अन्त्यमा खेती गर्ने किसानहरुले केही राहत नपाउने वर्तमानको वास्तविकता हामीले तुरुन्त बदल्नुपर्छ ।

तरकारी उत्पादनको क्षेत्रमा नेपालले निक्कै उन्नती गरेको छ तर पनि हाम्रो आवस्यकता धान्न सकिरहेको छैन । हरेक बर्ष तरकारी आयात बढिरहेको छ । तरकारीको बजार ब्यवस्थापनमा रहेका कमीकमजोरी र बिचौलियाको बिगविगी कम गर्न सकियो र उत्पादकहरुले उनीहरुको मेहनतको मुल्य पाउने अवस्था श्रृजना गर्न सक्ने हो भने तरकारी आपूर्तिको अवस्था छोटो समयमा परिवर्तन गर्न सकिन्छ ।

त्यस पछि गर्नुपर्ने मुख्य कुरा भनेको उत्पादकहरुलाई समय सुहाउदो प्राविधिक सहयोग उपलब्ध गराउने, उत्पादन सामाग्रीको सहज आपूर्ति र आधुनिक कृषि पूर्वाधार (औजार, उपकरण, नेटहाउस, प्लाष्टिक हाउस, सिंचाई सामाग्रीहरु) उपलब्ध गराउन गर्नुपर्ने नितिगत सुधारहरु हुन । प्राङ्गारिक तरकारी खेती अर्को संभावना र अवसर हो चाजोपाजो मिलाएर गर्न सकेको खण्डमा । यस्ता कामहरु ईमान्दारीसाथ गर्ने हो भने दिगोरुपमा हामीले आफै प्रयाप्त तरकारी उत्पादन गर्न सकिन्छ ।

माछापालन र उपभोक्ताहरुमा माछाको माग दिनपरदिन बढदै गएको छ । माछा आपूर्तिको अवस्था क्रमिक रुपमा सुधार हुदै गैरहेको छ । सरकारी अनुदान बढदै जाँदा पोखरी खन्ने क्रम तिब्र भएको छ । तर हाम्रो प्रति एकाई माछा उत्पादन सन्तोशजनक रुपमा बढन सकिरहेको छैन । एउटै जिल्लामा पनि थोरै र धेरै माछा उत्पादन गर्ने किसानहरुको फरक चार पाँच गुणा रहेको छ । त्यसकारण माछाको उत्पादकत्व बढाउन र बर्षैभरी माछाको आपूर्ति गर्न उपलब्ध प्रविधि, विभिन्न जातका भुराको आपूर्ति सहज गराउन अति आवस्यक छ ।

समान्यतया परम्परागत रुपले गरिदै आएको माछापालनबाट हाम्रो आन्तरीक उत्पादन बर्षको ४—५ महिनामात्र बजारमा उपलब्ध हुनेगरेको छ । अन्य समयमा भारतिय माछा वा आधुनिक प्रविधिको प्रयोग गरि पालिएका सघन माछापालन क्षेत्रबाट हाम्रो बजारहरुमा माछाको आपूर्ति हुने गरेको छ । त्यसकारण नयाँ पोखरी निर्माणसंगै भैरहेका पोखरीहरु तथा जलासयहरुको समुचित सदुपयोग गर्दै माछाको उत्पादकत्व बढाएर माछा उत्पादनमा आत्मनिर्भर हुन सकिन्छ ।

निषकर्स

माथि उल्लेख भएका तथ्यहरुको आधारमा नेपालमा भैरहेको धान, मकै, तरकारी खेती र माछा उत्पादनमा उल्लेख्य मात्रामा सुधार गर्न सकिने देखिएको छ । उचित जातहरुको छनौट तथा उपलब्ध प्रविधिको प्रर्बधन, भैरहेको बाली ब्यवस्थापनमा सुधार गरेर हाम्रो हाल भैरहेको प्रति हेक्टरको उत्पादन स्तरलाई उल्लेख्य रुपमा बढाएर लैजान सकिन्छ । जसबाट नेपाल खाद्यान्न, तरकारी, माछा उत्पादनमा आत्मनिर्भर हुनसक्छ भने बर्षेनि बिदेशीरहेको अर्बौ रुपैया हाम्रा खेती गर्ने कृषकहरुको खल्तिमा पर्ने छ । आवस्यकता छ परिवर्तनको लागि काम गर्ने दृण अठोटको , प्राविधिक सेवाको आमुल परिवर्तनको, कृषि सामाग्रीहरु र उपलब्ध प्रविधिहरु सहज उपलब्धताको, कृषि र कृषि ब्यावसायमा बाधक बनिरहेका नितिगत अवरोधहरुको सकारात्मक सुधारको र नेपालको कृषि रुपान्तरणमा ईमान्दारीपूर्वक सामुहिक अभियानको ।।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]