Sorry, your browser does not support JavaScript! प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रम मोदीलाई लुम्बिनी भ्रमणको निम्ता - Merodesh.news

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रम मोदीलाई लुम्बिनी भ्रमणको निम्ता

काठमाडौं, भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमण लागि निमन्त्रणा गरेका छन् ।

लुम्बिनी भ्रमण

आज पशुपति धर्मशालाको उद्ध्घाटन गर्ने क्रममा प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् । भारतीय राजदुतावासको सहयोगमा गौशालामा निर्माण भएको धर्मशालाको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उद्ध्घाटन गरेका हुन् । “तपाईंले लुम्बिनी भ्रमण गरेर बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धिजमको मुहानको रुपमा विश्वव्यापी रुपमा चिनाउन थप मद्धत मिल्नेछ” प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भने “तपाईंको अघिल्लो पटकका जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान गरेको छ ।”लुम्बिनी भ्रमण

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भने “तपाईंलाई लुम्बिनी भ्रमणको निम्ता छ । यहाँको लुम्बिनी भ्रमण चाँडैहोस ।”  मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गर्नुभएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरेका छन् । “मोदीजीको लगातारको नेपालको भ्रमणको अर्थ हाम्रो आत्मीय सम्बन्ध अझ मजवुलद हुुदैं गएको रुपमा बुझ्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने “प्रधानमन्त्री भएपछि म पनि भारत भ्रमण गएं । यसले हाम्रो आपसी सम्बन्धलाई र दुई देशको मित्रता गाढा भएको रुपमा बुझ्नु पर्दछ । ”

यस अघिका भ्रमणमा मोदीले उठाएका आपसी सहयोग र सद्ध्भावका कुरा क्रमश व्यबहारमा देखिएकोमा नेपाल प्रशन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस अघिका भ्रमणमा देखाउनु भएको सद्ध््भाव र मित्रता अहिले प्रकट भइरहेको महसुष गरेका छौं” प्रधानमन्त्री ओलीले भने । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास विमस्टेक शीखर सम्मेलन (विमस्टेक)को चौथो सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री मोदी हिजो काठमाडौं आउनुभएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]