Sorry, your browser does not support JavaScript! प्रदेश १ बाट हिन्दु जागरण अभियान सुरु - Merodesh.news

प्रदेश १ बाट हिन्दु जागरण अभियान सुरु

विराटनगर, १४ भदौ।  हिन्दु राष्ट्र पुनस्र्थापनाको माग सहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रदेश १ बाट हिन्दु राष्ट्र राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । विराटनगरमा प्रदेश स्तरीय कार्यक्रम गरी बिहिवारबाट अभियानको सुरुवात गरेको हो ।

हिन्दु

अभियानको सुरुवातका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रिय अस्तित्वलाई बलियो बनाउन हिन्दुु राष्ट्रको आवाज उठाएको बताएका छन् । उनले हिन्दु राष्ट्र र सनातन धर्म नेपालीको पहिचान,एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधार स्तम्भ भएको बताए । अध्यक्ष थापाले नेपालको पहिचान, नेपालीको एकता र नेपालको राष्ट्रिय अस्तित्वलाई बलियो बनाउन सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको आवाज उठाएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले धर्म निरपेक्षताको नाममा नेपालीलाई विभाजित गर्ने काम भएकाले गैर हिन्दुहरुले समेत अभियानलाई सर्मथन गर्नुपर्ने बताए । उनले मंसिर सम्म हिन्दु धर्म पुर्नस्थापना अभियान चलाइने र फागुनबाट अभियानलाई आन्दोलनकोरुपमा अघि बढाइने समेत बताए ।

हिन्दु

साधुसन्त समाजको तर्फबाट बोल्नुहुंदै स्वामी भागवाताचार्यले हिन्दु राष्ट्र पुर्नस्थापना अभियानलाई सन्त समाजले सहयोग गर्ने बताए । कार्यक्रममा सहभागि हुन आउने क्रममा विराटनगर बिमानस्थलमा सञ्चारकर्मीस“गकुरा गर्दै नेता थापाले सरकारले अधिनाववादी शैलीको सुरुवात दाबि गरेका थिए । थापाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प सोच्ने बेला आएको पनि बताए ।

उनले संघीयता भन्दा सुदृढ स्वायत्त शासन, गणतन्त्र भन्दा निर्वाचन भन्दा माथि उठेको साझा राजसंस्था र सबै धर्मका बीचमा समानता सहितको सनातन हिन्दू राष्ट्र कायम गराउनु पर्ने आफूहरुको मान्यता रहेको बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]