Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य मुद्दाको पेशी एउटै बेन्चमा तोकियो - Merodesh.news

सुन तस्करी र सनम शाक्य मुद्दाको पेशी एउटै बेन्चमा तोकियो

विराटनगर, १४ भदौ । प्रक्रियामा असन्तुष्टी जनाउदै कानुन अघोषित बेन्च बहिष्कार गरेर दबाव दिएपछि उच्च अदालत बिराटनगरमा सुन तस्करी र शनम शाक्य हत्या मुद्दाको पेशी एउटै इजलासमा तोकिन थालेको छ ।

सुन तस्करी प्रकरण

अलग अलग इजलासमा पेशी तोकेर प्रक्रिया बिपरित गरेको भन्दै प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत बिराटनगरले १४ भदौ बिहिबार सुन तस्करी र शनम शाक्य हत्या मुद्दाको पेशी एउटै इजलासमा तोकेको छ । अदालत र कानुन व्यवसायीहरुको छलफल पछि पहिले फुटाएर अलग अलग इजलासमा तोकिदै आएको सुन सनम मुद्दाको सबै पेशी बिहिबार २ नम्बर इजलासमा पेशी तोकिएको थियो । तर सरकारी वकिलहरुले पेशी स्थगित गराएकोले मुद्दामा सुनवाई हुन पाएन ।

उच्च अदालत बिराटनगरलाई कानुन व्यवसायीहरुले अन्र्तक्रिया गर्दै २२ बुँदे सुधार पत्र बुझाएपछि ७ भदौदेखी गर्दै आएको अघोषित बेन्च बहिष्कार १३ भदौबाट हटाएका थिए । वार एसोसिएन मोरङ, सुनसरी र उच्चबार ईकाई विराटनगरले १२ भदौमा उच्च अदालतका न्यायधिश र प्रशासनसँग अन्र्तक्रिया गरि २२ बुँदै सुधार पत्र बुझाएका थिए । सुधार पत्रलाई अधार मान्दै अदालतको जनआस्थालाई ख्याल गर्दै कानुन व्यवसायीहरु र न्यायधिशहरु बिच द्धन्द्ध न्युनिकरण गर्ने छलफल भएको थियो ।

जिल्ला अदालतको फैसला उल्टाउन माग गर्दै निबेदन गर्ने अभियुक्त्तरुको मुद्दाको पेशी एउटै इजलासमा निरन्तर नगरेर अलग अलग बेन्चमा बिभाजन गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले अघोषित रुपमा ७ देखी १२ भदौ सम्म मुद्दाको सुनबाई अघोािष्त  गरेका थिए । जसले गर्दा सुन र सनम मुद्दा मात्र नभएर अन्य मुद्दा समेत प्रभावित हुदै आएका थिए । अदालतसँग छलफल भैसकेकोले अव अघोषित रुपमा हुदै आएको बेन्च बहिष्कार अन्त भएकोले बिहिबारदेखी नियमित रुपमा बहसमा कानुन व्यवसायीहरु सहभागी भैरहेको उच्च अदालत बार ईकाईका सचिव मेदनीप्रसाद सेढाईले बताए ।

यस्ता छन कानून व्यवसायीरुले बुझाएको २२ बुँदाका मुख्य कुरा

एउटै वा लगतमा रहेका मुद्दाहरु फुटाएर हेर्दा बिबाद तन्किने भय रहने भएकोले मुद्दा नफोरी हेरिने व्यवस्था गरिनुपर्ने, मुद्दा सुरु सदर वा उल्टि गर्दा गम्भिर बिबेचना गरि निर्णय गर्नुपर्ने, तारेख तोक्ने बिषय फाँटबालको अधिकारको रुपमा व्यवहार गर्न नहुने, सरकारी बकिलको कार्यालयमा पुनराबेदनको म्याद तुरुन्त तामेल गर्ने व्यवस्था मिलाउनुपर्ने, मुद्दा दर्ता मितिको आधारमा पेशी सूची निर्धारित गरिनुपर्ने, कैदीलाई पुनराबेदन गर्ने म्याद जारी हुँदा फैसलाको प्रतिपनि साथै दिने व्यवस्था गरिनुपर्ने, म्याद तामेल गर्दा घर नभएकोलाई बेपत्ते र घर भएकोलाई टाँस गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्ने, थुनामा रहेको व्यक्त्तिको म्याद कारागारमै तामेल हुने व्यस्वस्था हुनुपर्ने, मुद्दा चल्दाचल्दै दशीका समान मुल्यांकन गरि फिर्ता दिने व्यवस्था हुनुपर्ने नक्सा मुचुल्का गर्ने बिधि थिती सन्तोष जनक बनाउनुपर्ने, रिट क्षेत्र र साधारण क्षेत्राधिकारबाट अदालतमा प्रबेश भएका एउटै ईश्यु भएका मुद्दाहरुको फैसलामा एक रुपता कामय हुनुपर्ने, फैसला छिटो प्राप्त हुनुपर्ने, कानुन व्यवसायीहरुबाट प्रस्तुत गरिएका नजीरको सहमती वा असहमतीको कारण खोली फैसला लेखन गरिनुपने, पेशी स्थगितकालागि निबेदन परेका मुद्दामा आदेश हुन नहुने, नयाँ कानून नियम सम्बन्धमा बार र बेन्च बसेर अन्र्तक्रिया गनुृपर्ने, बाणिज्य कानुन अन्र्तगतका मुद्दा बाणिज्य इजलासबाटै हेरिनुपर्ने बार र बेच्नको मासिक अन्र्तक्रिया गरिनुपर्ने, लगायत बिषय उल्लेख छन ।
अझै २७ जनाको निवेदनमा अन्तिम आदेश हुन बाँकी
जिल्ला अदालतले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने आदेश उल्टाउन माग गर्दै उच्च अदालतमा निबेदन गर्ने अभियुक्त्तहरु मध्ये टेकराज मल्ल, राजनकुमार , महाबिर गोल्यान, बिष्णुबहादुर खडका, अम्मरबहादुर थापा र सम्बिरप्रसाद तोलाङेको हकमा जिल्लाकै आदेश सदर भएको छ भने । अभियुक्त्त एसएसपी श्याम खत्रीको अंगरक्षक बिष्णुबहादुर खडका र डाईभर अम्मरबहादुर थापाको हकमा जिल्लाको फैसला उल्टि गर्दै उच्चले दुवैलाई थुनामा पठाउन अन्तिम आदेश गरिसकेको छ । तर अझै २७ जनाको हकमा भने अन्तिम आदेश हुन बाँकी नै छ । अझै पुर्व डिआइजी गोबिन्द निरौला निलम्बित एसएसपी श्यामकुमार खत्री एसपी विकासराज खनाल दिवेश लोहनी डिएपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, एल.बी भन्ने लालबहादुर मगर, भूजुङ्ग गुरुङ्ग, राजेन्द्र कुमार शाक्य, बिजेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, माधब भन्ने मदन प्रसाद घिमिरे, नरेन्द्र कार्की, रामहरि सुबेदी, रामकुमार तिवारी, लक्षु गुरुङ, अम्बरमान डंगोल, मदन सिलवाल, लगायत २३ जनाको उच्च अदालतबाट अन्तिम आदेश हुन बाँकी छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]