Sorry, your browser does not support JavaScript! विचौलियाका कारण किसान मारमा - Merodesh.news

विचौलियाका कारण किसान मारमा

चितवन, १४ भदौ।   किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् ।

किसान

लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ । मुख्य डिलरले सबडिलरलाई तथा सबडिलरले साइकल वा भ्यानमा बिक्री गर्नेलाई दिन्छ । साइकल र भ्यानमार्फत पसल–पसलमा बिक्री गरिन्छ भने पसलबाट उपभोक्ताले अण्डा खरीद गर्दै आएका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २६० तथा मध्यम अकारको अण्डा प्रतिक्रेट रु २०० मा बिक्री गरिन्छ । बजारमा प्रतिगोटा अण्डा रु १५ सम्ममा बिक्री हुन्छ । सङ्घले प्रतिगोटाको रु १२ खुद्रा मूल्य तोकेको भए पनि सामान्यतया बजारमा रु १५ भन्दा बढी मूल्यमा बिक्री गरिँदै आएको छ ।

किसानबाट मध्यम आकारको अण्डा ६ रुपैयाँ ६६ पैसामा खरीद गरी उपभोक्तासम्म पुग्दा रु १५ सम्ममा बिक्री गरिन्छ । ठूलो अण्डा ८ रुपैयाँ ६६ पैसामा खरीद गरेर रु १५ भन्दा बढीमा बिक्री गर्ने गरेको पाइएको छ । किसानको फार्मबाट अण्डा प्रतिक्रेट रु पाँच नाफा खाएर बिक्री गरिन्छ । पूर्वी चितवनको अन्नपूर्ण कुखुरा फार्मका सञ्चालक अर्जुन अर्याल विचौलियाका कारण किसान मारमा परेको बताउँछन् । उनले रु १६ करोडको लागतमा फार्म स्थापना गरी ८२ हजार लेयर्स कुखुरापालन गरेका छन् । “जोखिम सबै किसानले व्यहोर्नु पर्छ, नाफा विचौलियाले मात्रै खाने गरेका छन्,” उनले भने।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेल लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्दा किसान मारमा परेको बताउँछन् । एउटा अण्डा उत्पादन गर्न रु १० खर्च हुने गरेको तर बिक्री मूल्य त्योभन्दा कम रहेको उनको भनाइ छ । बर्षेनी किसान थला पर्दै गएका छन् ।

नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यो पेशाबाट भण्डै एक लाख ७५ हजारले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा कुखुरापालनको क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको कँडेल बताउनुहुन्छ । कुखुरापालनमा रु ७० अर्बभन्दा बढी लगानी रहेको बताइन्छ । आधाभन्दा बढीमा बैङ्किङ क्षेत्रको ऋण लगानी रहेको छ ।

सबैभन्दा बढी कुखुरापालन चितवनमा गरिँदै आएको छ । पछिल्लो मुलुकका अन्य जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्
५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन[...]

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]