Sorry, your browser does not support JavaScript! सरकार अधिनायकबादतर्फ उन्मुख हुनसक्ने खतराका संकेतहरु देखिन थाल्यो : थापा - Merodesh.news

सरकार अधिनायकबादतर्फ उन्मुख हुनसक्ने खतराका संकेतहरु देखिन थाल्यो : थापा

विराटनगर, १४ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अधिनायकबादतर्फ उन्मुख हुनसक्ने खतराका संकेतहरु देखिन थालेको बताएका  छन्।

सरकार

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुंदै थापाले यस्तो बताएका हुन् । उन्ले सरकारले प्रशासनलाई आफ्नो हातमा लिएको र आफु अनुकुल कानुनलाई प्रयोगगर्न थालेको दाबी गर्दै सरकारको त्यस्तो गतिविधिले सरकार अधिनायकवाद उन्मुख हुनसक्ने खतराको संकेत देखिएको बताए । अहिले नै सर्वसत्ताबाद हाबी भएको भन्न नमिल्ने भएपनि खतरा भने बढेको उनको भनाई थियो । थापाले नेपालजस्तो भुराजनितिक, धार्मिक र सामाजिक अवस्था भएको देशमा धर्मनिरपेक्षता,संघीयता र गणतन्त्र देशले धान्न नसक्ने दाबी गर्दै आफुहरु संबिधानको परिधिभित्र रहेर त्यसलाई परिवर्तन गर्ने प्रयास गरिरहेको बताए ।

सरकार

धर्मनिरपेक्षता,गणतन्त्र र संघीयता राजनितिक प्रणाली मात्र भएको बताउनुहुंदै देशको हित र आवश्यकतलाई हेरेर त्यसलाई जनताको अभिमतबाट परिवर्तन गर्नसकिने उनको भनाई थियो । उनले सबै धर्मलाई समान स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गरिनुका साथै चुनावी राजनितिभन्दा माथि उठेको सबैको साझा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुने बताए ।

थापाले संघीयता भन्दा सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली उपयुक्त विकल्प हुने दाबी समेत गरे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]