Sorry, your browser does not support JavaScript! सिंघीया खोलाको जलस्तर बढ्यो - Merodesh.news

सिंघीया खोलाको जलस्तर बढ्यो

विराटनगर, १४ भदौ।  विराटनगरको पुर्वी सिमाना भएर बग्ने सिंघीया खोलाको जलस्तर बढेपछि सुकुम्बासी परिवार त्रस्त भएका छन ।

सिंघीया खोलाको जलस्तर

गएरातिबाट अविरल परेको बर्षाका कारण खोलाको जलस्तर बढेपछि खोला छेउमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार बाढी आउनसक्ने भयले त्रस्त भएका हुन । खोलाको जलस्तर लगातार बढदो क्रममा रहेका कारण सुकुम्बासी परिवार सर्तक समेत भएका छन । जुनसुकै बेलामा घर छाडेर सुरक्षित स्थानमा जानुपर्न सक्ने भएका कारण उनिहरु खोलाको जलस्तरलाई निरन्तर निगरानी समेत गरिरहेका छन । विराटनगर २ तीनपैनी पुर्वटोलका सुकुम्बासी बलबहादुर मग्रातीले पोहोरको जस्तै बाढी आउने हो कि भन्ने आशंका बढेको बताउनुभयो ।

सिंघीया खोलाको जलस्तर

तीनपैनीको पुर्वटोल र पोखरीयाको धनावत घाट छेउको सिंघीया खोला किनारमा मात्र दुइसय बढी सुकुम्बासी परिवारको बसोबास छ । गएको बर्ष बाढीमा बेहोर्नुपरेको क्षतिको राहत समेत नपाएका पीडितहरु थप क्षति बेहोर्नुपर्ने अवस्था सृजना हुंदै गएपछि त्रस्त भएका छन । सो क्षेत्रमा खोला माथि रहेको पुलको पुर्वतर्फबाट माटो भासिने क्रम समेत शुरु भएको छ ।

सिंघीया खोलाको जलस्तर

गएको बर्षको बाढीले सोहि ठांउमा बाटो कटान गरेपछि महिनौसम्म आवागमन अवरुद्ध भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]