विराटनगर, १४ भदौ। मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पाच जना आरोपी पूर्पक्षकालागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत मोरङले ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दाको दोस्रो पुरक अभियोगमा मुछिएका पाच जनालाई पुर्पक्षकालागि कारागार चलानको आदेश दिएको हो ।
बुधवार जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले बिमल पोद्दार, संजय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन र अबु सलमान खान भनिने सैयाद अकवर साहलाई पुर्पक्षकालागि कारागार चलानको आदेश दिएको हो । उनीहरुलाई बुधवार नै जिल्ला कारागार मोरङ पठाइएको छ ।
भिडिओ: