Sorry, your browser does not support JavaScript! बिहारको मोतिहारीबाट पूर्वी नेपालमा नेटवर्किङ धन्दा - Merodesh.news

बिहारको मोतिहारीबाट पूर्वी नेपालमा नेटवर्किङ धन्दा

विराटनगर, १३ भदौ। भारत बिहारको मोतिहारीबाट पूर्वी नेपालमा नेटवर्किङ धन्दा मार्फत नेपाली युवाहरुलाई ठगि गर्दै आएको पाइएको छ ।

मोरङ सुन्दरहरैचा १ का बिर्खबहादुर दर्जीले ठगिएको भन्दै प्रशासन धाउन थालेपछि मोतीहारीमा कार्यलय राखेर पूर्वी नेपालमा नेटवर्किङका नाममा ठगि धन्दा चलाउदै आएको पाइएको हो ।

मासिक ४० हजार भारतीय रुपैया सम्म कमाई हुने प्रलोभनमा परेका बिर्खलाई चिनजानकै दिपा विश्वकर्माले नेटवर्किङमा जोडेर ठगि गरेकी हुन् । दिपालाई विश्वास गरेर रोजगारी पाउने आशमा लागेका बिर्खबहादुरले दुई लाख २५ हजार रुपैया ठगिएको भन्दै प्रशासन धाइरहेका हुन् ।

भारतमा २२ हजार देखि ४० हजार भारु आन्दानी हुने जागिर लगाइदिने भन्दै बेलवारी ११ लालभित्तीकी विश्वकर्माले दर्जीलाई ‘आइकोनिक टे«डमार्क प्रालि’ मा पू¥याएकी हुन् । आइकोनिकले रोजगारीको खोजीमा रहेका बेरोजगार युवाहरुलाई एजेण्ट मार्फत मोतिहारी पू¥याएर ठगी धन्दा चलाउदै आएको बताइएको छ ।

बरोजगार बिर्खले राम्रो आम्दानी हुने आशामा दिपा मार्फत २ लाख २५ हजार रुपैया बुझाएका थिए । भने अनुसारको काम नपाएपछि पैसा फिर्ता मागेका बिर्खलाई दिपाले पैसा फिर्ता दिनुको साटो हप्काउन थालेपछि कारवाहीकालागि प्रशासन धाइरहेका हुन् । मोरङ प्रशासनले सोमबार पक्राउ पुर्जी लेखिदिएपछि प्रहरी कार्यालय हरैचाले दिपालाई पक्राउ गरेर ठगेको पैसा एक महिना भित्र तिर्न कागज गराइदिएको छ ।

पीडित बिर्खबहादुरका अनुसार व्यपार गर्ने शीप सिकाउने बहानामा मोतिहारी भन्ने ठाउ“मा धेरै नेपाली युवाहरु पुग्ने गरेका छन् । सुरुमा १५ हजार रुपैया तिरेर तालिम लिएका उनीस“ग पछि २ लाख १० हजार धरौटी मागिएको थियो । धरौटी पनि बुझाएका बिर्खले जागिर नपाएपछि मात्र आफू ठगिएको थाहा पाएका थिए । ‘जागिर दिनु भन्दा तलाई जसरी यहा सम्म ल्याए त्यसरी नै अरुलाई पनि ल्याउनु भन्दै दवाब दिए’ उनले भने ‘ ल्याउन सक्दिन भन्दा ज्यानको माया छैन भन्दै हप्काए ।’

मोतिहारीमा रहेको आइ कोनिक ट्रेडमार्ट प्राइभेट लिमिटेडमा तालिमकालागि पुग्ने नेपाली युवाहरु धेरै छन् । ‘मस“ग तालिम लिने पहाडका पनि साथीहरु थिए ।’ उनले भने ‘त्या जाने मध्ये धेरै नेपालीहरु नै हुन्छन् ।’ बिर्खका छिमेकीलाई पनि दिपाले नेटवर्किङका नाममा ठगि गरेकी छन् ।

नेटवर्किङ बिजनेसमा जोड्न उनलाई सूरुमा मोबाइल र कपडाको काम गर्नुपर्छ भनेर दिपाले सुनाएकी थिइन् । उनले गत कातिमका रकम बुझाएका थिए ।

उनी तालिमकालागि भन्दै पटक पटक मोतिहारी पुगेका थिए । तालिम लिएपछि उनलाई कुनै व्यपार गर्नकालागि नभै आफु सदस्य बने जस्तै अर्को व्यक्त्तिलाई फकाएर सदस्य बनाउनुपर्ने र त्यसबापत कमिसन पाउने कम्पनीका प्रतिनिधिहरुले बताएका थिए । तर नसक्ने बताएपछि उनलाई ज्यानको माया छैन भन्दै हप्पाएपछि नेपाल फर्कीएको उनले बताए ।

मोतिहारीमा बसेर हेलेम रेस्मी मगर र संजय रेस्मी मगर नामका व्यक्तीले कपडा र मोवाइल बिक्री गर्ने बहानामा ‘आइकोनिक ट्रडमार्क प्रालि’ को नाममा मान्छे ठग्ने नेटबर्किङको धन्दा चलाइरहेको बताइएको छ ।

बिर्खले बुझाएको १५ हजार रुपैयाको बिल ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]