Sorry, your browser does not support JavaScript! परोपकार अभियानलाई पोखरमल राठी पुरस्कार - Merodesh.news

परोपकार अभियानलाई पोखरमल राठी पुरस्कार

विराटनगर, १२ भदौ।  राधाकृष्ण रथयात्राको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको पोखरमल राठी धर्म संस्कृति पुरस्कार यस बर्ष परोपकार अभियान समुह विराटनगरलाई प्रदान गरिने भएको छ ।

कृष्ण जन्मअष्टमीको दिन भदौ १७ गते धार्मिक र सामाजिक क्षेत्रमा काम गर्दै आएको परोपकार समुह विराटनगरलाई प्रदान गरिने भएको हो । २०६४ सालयता बार्षिक रुपमा प्रदान गरिदै आएको पुरस्कारको राशी नगद १ लाख १ हजार रुपैया छ । विराटनगर– ३ का स्व. सेठ पोखरमल राठीको सम्झनामा उनका पाच छोराहरुले स्व. गंगाविसन राठी, अनन्तराम राठी, चम्पालाल राठी, सोहनलाल राठी र हंशराज राठीले स्थापना गरेको पुरस्कार १२ बर्षयता प्रदान गरिदै आएको छ ।

२०६४ सालमा स्थापित पोखरमल राठी धर्म संस्कृति पुरस्कार यस अघि भवनीशंकर निरौला, केशव गोपाल दास ब्रह्मचारी, ब्रह्मकुमारी गीता, मुकुन्दप्रसाद उपाध्याय, संतशिरोमण आचार्य खेमराज केशवसरण, रामप्रसाद ठाकुर, जगद्गुरु बालसन्त मोहनशरण देवचार्य, मारकण्डेय आचार्य, श्रीराम बाबा मरांडी र गजाधराचार्य गायत्रीप्रसाद न्यौपानेलाई प्रदान गरिएको थियो । परोपकरा अभियानले विराटनगर सिंघियाखोला किनारमा व्यवस्थति घाट निर्माण गरेको थियो ।

अभियानले पुस्तकालय सहितको सामुदायिक भवन पनि निर्माण गरिरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]