Sorry, your browser does not support JavaScript! कांग्रेसले जितेका स्थानिय तहहरुमा कर घटाउने तयारी - Merodesh.news

कांग्रेसले जितेका स्थानिय तहहरुमा कर घटाउने तयारी

विराटनगर, १० भदौ। नेपाली कांग्रेसले आफुले जितेका स्थानिय तहहरुमा कर घटाउने तयारी गरेको छ । नेपाली कांग्रेस संसदिय दलका उपनेता विजयकुमार गच्छदारले आज दिउसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् ।

कर घटाउने तयारी

उनले अत्यधिकरुपमा बृद्धि गरिएको करका कारण जनताले समस्या झेल्नुपरेको भन्दै कांग्रेसले जितेका स्थानियतहरुमा कर घटाउने तयारी गरिएको बताए । उनले कर घटाउने बिषय र उपलब्ध बिकास बजेटलाई परिचालन गर्ने बिषयमा कांग्रेसबाट जितेका स्थानिय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिन सोमबार काठमाण्डौमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको जानकारी दिए । प्रशिक्षण कार्यक्रमकैबीच जथाभावीरुपमा कर बढाइएको भए पार्टीले घटाउन निर्देशन दिने उनको भनाई थियो ।

नेता गच्छदारले जनप्रतिनिधिहरुलाई गरिब मुलुकको जनताको सेवककोरुपमा काम गर्न सुझाव दिए । उनले महङ्गो गाडी र सेवासुविधाको पक्षमा नलाग्न आग्रह गर्दै थोरै सुविधा लिएर धेरै सेवा दिन सुझाव दिए । नेपाली कांग्रेस एउटा असल प्रतिपक्षिको भुमिका निर्वाह गरिरहेको बताउँदै उनले सरकारले गरेको असल कामको समर्थन र संबिधान विपरीतको कामलाई बिरोध गर्ने बताए ।

नेता गच्छदारले नेपाली कांग्रेसको महासमितिको बैठक अगावै भाद्र २१ गते राखिएको केन्द्रीय समितिको बैठकमा तत्कालिन नेपाल लोकतान्त्रीक फोरम र नेपाली कांग्रेसबीच भएको सहमति कार्यान्वय हुने दाबी समेत गरे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]