Sorry, your browser does not support JavaScript! न्यूरो अस्पतालमा ब्रेन अट्याक सेन्टर - Merodesh.news

न्यूरो अस्पतालमा ब्रेन अट्याक सेन्टर

विराटनगर, १० भदौ।  विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले नेपालमै पहिलो पटक ‘न्यूरो ब्रेन अटयाक सेन्टर’ सञ्चालनमा ल्याएको छ । हस्पिटलले विराटनगरमा शुक्रबार साझ एक कार्यक्रम आयोजना गरि औपचारिक रुप्मा न्यूरो ब्रेन अटयाक सेन्टर सञ्चालनमा ल्याएको हो ।

न्यूरो अस्पताल

पूर्वाञ्चलमै पहिलो पटक न्यूरोलोजी सेवा सुरु गरेको उक्त हस्पिटलले दुई दशकपछि ब्रेन अटयाक सेन्टर सञ्चालनमा ल्याएको हस्पिटलका अध्यक्ष डा.विरेन्द्रकुमार विष्टले जानकारी दिए । ब्रेन अटयाक सेन्टरको उद्घाटन प्रदेश नम्बर १ का आन्तरीक मामिला तथा कानुन मन्त्रालयका मन्त्री हिक्मत कार्कीले गरे । सेन्टरको उद्घाटन गर्दै मन्त्री कार्कीले स्वास्थ्यको क्षेत्रमा न्यूरोले थप नयाँ आयम थप गरेको बताए । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नाफा मुलक भन्दा पनि सेवा मुलक भएर हस्पिटलहरुले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

‘हामीले पूर्व क्षेत्रमा नयाँ आयाम थपेका छौ ,’ हस्पिटलका अध्यक्ष विष्टले भने, ‘स्वास्थ्य समाज निमार्ण गर्न हस्पिटल सधैब लागि पर्नेछ ।’ हस्पिटलले न्यूरो सर्जरीसँगै अन्य विभिन्न सेवाहरु प्रदान गर्दै आएको उनले बताए । हस्पिटलमा छिमेकी देश भारतसमेका विरामीहरु न्यूरो हस्पिटलमा उपचारको लागि आउने गरेको बताइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]