Sorry, your browser does not support JavaScript! खोला पार गर्दैगर्दा आयो बाढी, यात्रुहरु हाम फालेर बाँच्न सफल - Merodesh.news

खोला पार गर्दैगर्दा आयो बाढी, यात्रुहरु हाम फालेर बाँच्न सफल

बाँके, ८ भदौ।  छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् ।

बाढी

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु–जाजरकोट सडक खण्डको उक्त खोलामा दैनिक आवतजावतमा समस्या हुने गरेको यातायात व्यवसायी नन्द पुनले दुखेसो गर्नुभयो ।

बाढी

सो सडक खण्डमा आवतजावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय मानसिंह धामीले बताउनुभयो । खोला पार गर्दैगर्दा गाडीको इन्जिनमा पानी पसेर इन्जिन नै बन्द हुने गरेको छ । खोला बढेपछि यातायातका साधन गन्तव्यमा नपुग्दा सयौँ यात्रु बाटोमै अलपत्र पर्ने गरेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]