Sorry, your browser does not support JavaScript! समाजसेवी न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन - Merodesh.news

समाजसेवी न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन

विराटनगर, ७ भदौ । समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।

विमोचन

मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत वर्ष निधन भएको थियो । साहित्यकार भरत गुरागाईंले सम्पादन गरेको ग्रन्थको वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, साहित्यकार गायत्रीकुमार चापागाईं, प्रेस युनियन मोरङका अध्यक्ष एवं कवि मीनकुमार नवोदित, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, समाजसेवी दुर्गा चापागाईंलगायतले विमोचन गरेका थिए ।

९० जनाभन्दा बढी व्यक्तिले समाजसेवी न्यौपानेका विषयमा लेखेका लेख रचना ग्रन्थमा समावेश गरिएको छ । खड्गप्रसाद न्यौपाने र उनकी पत्नी कृष्णकुमारी न्यौपानेको गत वर्ष चार महिनाको फरकमा निधन भएको थियो । न्यौपानेको प्रथम पुण्यतिथि पारेर छोरा अञ्जलीकुमार न्यौपाने, हरिचरण न्यौपाने र छोरी लक्ष्मी न्यौपाने (नेपाल)ले स्मृति ग्रन्थ प्रकाशित गरेका हुन् । विमोचन समारोहमा साहित्यकार दधिराज सुवेदी, प्रदेश नम्बर १ का प्रमुख सचिव केदार न्यौपाने, न्यौपानेका नाति इन्जिनियर भरत न्यौपानेले समाजसेवा र शिक्षा क्षेत्रमा खड्गप्रसादले पु-याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा न्यौपानेको स्मृतिमा लेखिएको कविता युवा कवि उमेश लुइँटेलले वाचन गरेर सुनाएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]