Sorry, your browser does not support JavaScript! श्रीमानले गरेको दाउ प्रहारबाट श्रीमती सहित एकै परिवारका तीन घाइते - Merodesh.news

श्रीमानले गरेको दाउ प्रहारबाट श्रीमती सहित एकै परिवारका तीन घाइते

विराटनगर, ५ भदौ। विराटनगरमा कार्यस्थलमा खटिएका सुरक्षा गार्डको हत्या भएको २ दिन नबित्दै फेरि अर्काे एक अपराधिक घटना भएको छ । श्रीमानले श्रीमती, छोरी र अर्का एक जनालाई दाउ प्रहार गरी गम्भिर घाइते बनाएका छन ।

दाउ प्रहार

घटनामा विराटनगर ११ पिचराकी ४० बर्षिय श्रीमती पुनम सहनी,उनकी छोरी २० बर्षिया मनिता सहनी र पुनमका भाई २७ बर्षिय सन्दिप सहनी घाइते भएका छन । केही समयअघि भागी विवाह गरेका सिराहा गोलबजार निवासी ४५ बर्षिय श्रीमान दिलीप सहनीले आज बिहान उनीहरुमाथि दाउ प्रहार गरेर गम्भीर घाइते बनाएका हुन । विराटनगर पिचरास्थित घरमै बसिरहेको अवस्थामा आज बिहान साढे ९ बजे तीनैजना माथि दाउ प्रहार भएको थियो ।

दाउ प्रहार

घाइते तीनैजनाको कोशी अञ्चल अस्पतालमा उपचार गराइएको छ । घाइते मध्ये पुनमको देब्रे गाला पुरै काटिएको छ । उनको अस्पतालको इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ । यस्तै मनिताको टाउको पछाडि दाउ प्रहारका कारण काटिएको छ भने सन्दिपको कुम मुनि काटिएको छ ।

दाउ प्रहारगर्ने दिलीपलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]