Sorry, your browser does not support JavaScript! व्याच्लर्स कप फुटबलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई - Merodesh.news

व्याच्लर्स कप फुटबलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

विराटनगर ४ भदौ । गत साउन ३० गते याता विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय व्याच्लर्स कप फुटबलको उपाधि सुकुना वहुमुखी क्यापसले जितेको छ । नेपाल विधार्थी संघ इस्टर्न कलेज अफ ईञ्जिनियरिङ इकाई समितिले आयोजना गरेको व्याच्लर्स कप फुटबल प्रतियोगिताको सोमवार सम्पन्न फाईनल खेलमा पथरी वहुमुखी क्याम्पसलाई ४–१ फराकिलो गोल अन्तरले पराजित गदै सुकुनाले उपाधि उचालेको हो ।

सुकुना वहुमुखी क्याम्पसले महेन्द्र मोरङ क्याम्पस र पुसेट कलेजलाई पराजित गदै फाईनल यात्रा तय गरेको थियो भने पथरी वहुमुखि क्याम्सले इस्टर्न कलेज, सास्थम कलेज र उर्लावारी वहुमुखी क्याम्पसलाई पराजित गदै फाईनल यात्रा तय गरेको थियो ।

सोमवार सम्पन्न फाईनल खेलको एक्स्ल्पोजन म्यान अफ द म्याच सुकुना वहुमुखीका मौसम लिम्वु भए भने प्रतियोगिताको उत्कृष्ट गोल किपर पथरी वहुमुखीका मनोज गुरुङ, उत्कृष्ट डिफेण्डर सुकुनाका क्याप्टेन महेन्द्र कार्की र प्रतियोगिताभर व्याक्तिगत ७ गोलको योगदान गरेका सुकुनाका सुरेश राई उच्च स्कोरर भए ।

विराटनगर महानगरका मेयर भिम पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न फाईनल खेलमा ने.वि.संघका केन्द्रिय सह–महामन्त्रि कृष्ण कार्की, पूर्वाञ्चल विश्वविद्यालयका डिपुटि कन्ट्रोलर तेजराज गिरी इष्टर्न कलेजका प्रिन्सिपल ई. अमित सुराना, मोरङ जिल्ला फुटवल संघका उपाध्यक्ष विमल राज भण्डारी, नेपाल तरुण दलका उपाध्यक्ष खेम थापा लगायतका विशिष्ट अथितिहरुको उपस्थित रहेको जानकारी कार्यक्रमका सभापति मिलन श्रेष्ठले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]