Sorry, your browser does not support JavaScript! कटहरीको बाग्मती आयाल उद्योगमा मन्त्रालयको सिल - Merodesh.news

कटहरीको बाग्मती आयाल उद्योगमा मन्त्रालयको सिल

विराटनगर, ३ भदौ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले मोरङ र सुनसरीका बिभन्नि ११ वटा उद्योगहरुमा अनुगमन गरेर एक उद्योग सिज गरेको छ ।

मन्त्रालयको सिल

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयबाट आएको अनुगमन टोलीले शुक्रबार सुटुक्क मोरङर सुनसरीमा रहेका तेल, चाउचाउ, फलामे डण्डि र सिमेन्ट उत्पादन गर्ने उद्योगहरुको अनुगमनगरि कटहरि गाउँपालिमा रहेको बाग्मती आयाल सिज गरेको हो ।

 उद्योगमा फोहोर फेला परेपछि र रेकर्डमा शंका लागेपछि अनुगमन टोेलीले मोरङको कटरीमा रहेको बाग्मती आयाल उद्योगमा शिलबन्दि गरेको छ । अन्य उद्योगबाट उत्पादित खाद्य निर्माण सामग्रीका नमुना संकलन गरेर परिक्षणकालागि गुण नियन्त्रण कार्यलयहरुमा पठाएको छ ।

मन्त्रालयको सिल

काठमाण्डौबाट मन्त्री मातृका यादबका स्वकिय सचिव सन्तोष बिष्टको नेतृत्वमा आएको टोलीले शुक्रबार सुटुक्का मोरङर सुनसरीमा रहेका ११ वटा उद्योगहरुको अनुगमन गरेको थियो । अनुगमन गरिएका बिभिन्न उद्योगहरुको उत्पादनहरुको उत्पादनको नमुना संकलन गरेर गुणस्तर परिक्षण गर्न सम्बन्धित बिभागका क्षेत्रिय कार्यालयहरुमा पठाइएको तर बाग्मती आयालको उत्पादन स्थल अति नै फोहोर पाइएकोेले उद्योग सिज गरिएको ा स्वकिय सचिव सन्तोष बिष्टले जानकारी दिए ।

मन्त्रालयको सिल

उनले भने, — ‘बाग्मतीले आयत गरिएको क्रुड आयल र उत्पादित बस्तुको बिलबिजक ठीक ठंगले राखेको पाइन अनि उद्योग पनि निक्कै फोहोर थियो यसैले सिज गरेर उत्पादनको नमुना संकलन गरि परिक्षणकालागि पठाएका हौ ।,

मन्त्रालयको अनुगमन टोलीले कटहरीमै रहेको बाबा भेजिटेबल आयल, बुढीगंगा गापको हात्तीमुढामा रहेको स्वास्तिक आयाल, सुनसरीको दुहवीको केके आयल मील, दुहवी सोनापुरमा रहेको पशुपती खाद्य उद्योग, बुढीगंगा गाप टंकिसिनवारीमा रहेको अन्नपुर्ण सिमेन्ट उद्योग, सुनसरी सोनापुरमा रहेको रमपम तैयारी चाउचाउ, बुढीगंगा टंकिसिनवारीमा रहेको हुलास वायर, बुढीगंगा गाप बाँसबारीमा रहको कमला रोलिंग उद्योगमा अनुगमन गरेको थियो ।

टोलीले उद्योगसँगै उत्पादित बस्तु बिक्रि गर्ने किराना र हार्डवेयर पसलमा पनि अनुगमन गरेर नमुना संकलन गरेर लगेको छ । संकलित नमुनाहरु मध्ये खाद्य बस्तु विराटनगर स्थित खाद्य अनुसन्धान र हार्डबेयर बस्तुहरु नापतौल तथा गुण नियन्त्रण कार्यालयमा परिक्षणकालागि पठाएको छ ।

अनुगमनमा मन्त्रालयका स्वकिय सचिव बिष्टसँगै नेपाल गुणस्तर तथा नापतौल बिभाग काठमाण्डौ, क्षेत्रिय कार्यालय विराटनगर, बाणिज्य कार्यालय मोरङ, क्षेत्रिय खाद्य अनुसन्धान कार्यालय बिराटनगरका प्रतिनिधि सहभागी थिए ।

मन्त्रालयको सिल

परिक्षण प्रतिबेदन आएपछि उद्योगहरुलाई नयाँ मुलुकी अपराध संहिताको कानुन अनुसार कार्वाही गर्न मन्त्राय प्रतिबद्ध रहेको स्वकिय सचिव बिष्टले बताए । उनले बजारमा शुद्धता कामय गराउन मन्त्रालयले देशभर आफनै नेतृत्वमा अनुगमनलाई तीब्रता दिन थालेको बताए ।

उद्योगहरुले काम गुणस्तरिय खाद्य र निर्माण सामग्रीहरु उत्पादन गरेको गुनासो बढेपछि उद्याग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादबको निर्देशनमा मोरङ र सुनसरीका उद्योगहरुमा सुटुक्क अनुगमन गरेको थियो । यसपछि मन्त्री मातृका यादबले बिरगन्ज करिडोरमा रहेका खाद्य र निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुमा आफै अनुगमन गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]