Sorry, your browser does not support JavaScript! केशलिया खोलामा डुबेका बालकको शव भेटियो - Merodesh.news

केशलिया खोलामा डुबेका बालकको शव भेटियो

विराटनगर, ३१ साउन। मंगलबार दिउसो केशलिया खोलामा डुबेर बेपत्ता भएका विराटनगर–१ का १६ बर्षिय बालक सजेश रौनियारको शव भेटिएको छ ।

मृतक रौनियारको शव खोलामा नुहाउन पसेको स्थानभन्दा १ किलोमिटर दक्षिणतर्फ खोलामा तैरीरहेको अवस्थामा भेटिएको छ । स्थानियबासीले खबर गरेपछि पुगेको शसस्त्र प्रहरीको टोलीले खोलाबाट शव निकालेको छ । विराटनगर ६ स्थित डम्पीङ साइट पश्चिम र बर्जु गांउपालिकाको वडानम्बर २ भिमपुरको सिमानामा शव भेटिएको हो ।

विराटनगर ४ स्थित केशलिया खोला पुलको २ सय मिटर उत्तरतर्फ खोलामा नुहाउने क्रममा रौनियार बेपत्ता भएका थिए । मृतकको शव पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल पठाइएको छ ।

बालक डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बलको उद्धार र गोताखोर टोलीले बालकको खोजी गरिरहेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]